बिश्व घटना

टेक्ससमा समाजसेवी नर्स कमला शाक्यको निधन

टेक्ससमा समाजसेवी नर्स कमला शाक्यको निधन


हिमालयखवर संवाददाता
टेक्सस, ड्यालस- टेक्सस ड्यालसमा वस्दै आएकी समाजसेवी कमला शाक्यको ४५ बर्षको उमेरमा वुधवार निधन भएको छ । पेशाले नर्स समेत रहेकी शाक्य टेक्सस ड्यालस स्थित नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रकी संस्थापक सदस्य पनि हुन् । 
 
शाक्य नर्सका रुपमा टेक्ससको अस्पतालमा कार्यरत थिईन । ड्यालसमा नेपाली समुदायलाई निशुल्क स्वास्थ्य शिविर संचालन र सेवामा पनि उनी सकृय थिईन् । 
 
सन् १९९७ मा अमेरिका आएकी स्व शाक्य इर्विंगको लसकोलिनस स्थित टुस्कन सर्जरी सेन्टरमा कार्यरत थिईन ।
 
उनको निधन प्रति टेक्ससका नेपाली संघ संस्था र समुदायले विज्ञप्ति र सामाजिक संजाल मार्फत गहिरो शोक व्यक्त गरेका छन् ।
 
शाक्यका पति, १५ बर्षका छोरा र ७ बर्षकी छोरी छन् । पति स्वयभू शाक्यपनि समाजसेवामा सकृय छन् । शाक्यलाई केहि समय  देखि क्यान्सर पिडित थिईन ।
 
स्व शाक्यको अन्तिम संंस्कार शुक्रवार दिउसो १२ बजे Hughes Family Tribute Center, 9700 Webb chapel RD Dallas TX 75220 मा हुने भएको छ ।