मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नयां बर्षको अवसरमा अष्टिनमा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

नयां बर्षको अवसरमा अष्टिनमा बनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)


अष्टिन टेक्सास-  नेपाली नयां बर्ष २०७५ को अवसरमा टेक्सासको अष्टिनमा बृहत बनभोज कार्यक्रम भएको छ । 
 
ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजना सम्पन्न बनभोजमा अष्टिन तथा अष्टिन आसपासका सयौं नेपालीहरुको सहभागीता रहेको थियो । 
 
नयां बर्षको अवसरमा ग्यान्सले हरेक बर्ष गर्दै आएको बनभोज कार्यक्रम यस बर्ष पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष देबराज न्यौपानेले बताउनुभयो । 
 
बनभोज संगै भलिबल, बास्केटबल तथा घैंटोफोड प्रतियोगीता समेत सम्पन्न भएको हो । भलिबल प्रतियोगतीमा लगातार दुई बर्ष उपाधी लिएको हिमाली टाइगर भलिबल टिम किलिनलाई हराउंदै यस बर्ष सिस्ने कमलताल भलिबल टिम अष्टिनले उपाधी चुमेको छ । 
 
हिमाली टाइगर भलिबल टिमले यसबर्ष उपबिजेतामा चित्त बुझायो । भलिबलमा ७ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । नयां बर्षको शुभकामना साटासाट संगै एक आपसमा भेटघाट गराउन कार्यक्रमको आयोजना गरिएको हो ।
 

शेयर गर्नुहोस:

0
Shares