मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

१०१ मा गाडी दुर्घटना हुदां दुई बालक सहित भारतीय मुलका एकै परिवारका चारको मृत्यु

१०१ मा गाडी दुर्घटना हुदां दुई बालक सहित भारतीय मुलका एकै परिवारका चारको मृत्यु


हिमालखयवर संवाददाता
क्यालिफोर्निया(अमेरिका)- क्यालिफोर्निया स्थित १०१ हाइवेमा पर्ने इल नदीमा एसयुभी खस्दा त्यसमा सवार दुई बालक सहित भारतीय मुलका परिवारका चार जनाको मृत्यु भएको छ । अमेरिकाको पोर्टल्याण्ड राज्यबाट आफ्नो स्थायी वासस्थान फर्कँदै गरेको भारतीय परिवार चढेको होण्डा पाइलट एसयूभी केही दिन देखि वेपत्ता भएको थियो । 
 
समाचार संस्था एशोशियट प्रेस (एपी)का अनुसार नर्थन क्यालिफोर्निया नदीमा भेटिएको भग्नावशेषका आधारमा त्यहाँको प्रहरीले वेपत्ता होण्डा पाइलट ती भारतीय परिवार चढेको नै भएको बिहीबार पुष्टि गरेको हो । दुर्धटना हुदां उक्त नदीमा वर्षाका कारण बाढी आएको थियो ।
 
 उक्त सवारी दुर्धटनामा भारत सुरत सहरबाट आई अमेरिका लसएञ्जल्स क्षेत्रमा बस्दै आएका तोथापिल्ले परिवारको ज्यान गएको हो । दुर्धटनामा ४१ वर्षीय सन्दिप तोथापिल्ले, पत्नी ३८ वर्षीय सुमैया, १२ वर्षका छोरा सिदार्थ र ९ बर्षिकी सच्चीको ज्यान गएको छ । उक्त परिवार चढेको गाडी भारी वर्षाका कारण बाढी आइरहेको नर्थन क्यालिफोर्निया नदी किनार सडकमा गुडिरहेको अवस्थामा दुर्धटनामा परेको थियो । 
 
 लसएञ्जल्स सन्ता क्लेरिता सहरमा बस्ने उक्त परिवार वेपत्ता भएपछि निकटहरूले प्रहरीलाई खबर गरेका थिए । उक्त परिवार गत अप्रिल ८ मा ओर्यागन पोर्टल्याण्डवाट फर्किरहेका थिए । पछिल्लो पटक उक्त परिवारले क्यालिफोर्नियाको रेडउड क्वेस्ट राजमार्गबाट आफन्तलाई सम्पर्क गरेका थिए । यो स्थान सानफ्रान्सिस्कोवाट १८० माइल टाढा पर्छ । तर, समयमा घर आई नपुगेपछि निकट नातेदारले त्यहाँको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उक्त परिवारको खोजविना सुरु गरेको थियो । प्रतिकूल मौसममा कारण खोजविनमा ढिलाइ भएको थियो । 
 
उक्त तोथापिल्ले परिवार वेपत्ता हुनु अघि १०१ हाइवेमा पर्ने म्यानडोसिनो काउण्टीमा दक्षिणतर्फ गइरहेको गाडी सडकबाट इल नदीमा खसेको जानकारी प्राप्त भएको थियो । उद्धारकर्मी पुग्नु अघिनै उक्त गाडी नदीमा हेलिएदैं वेपत्ता भएको थियो । बाढीका कारण उद्धारमा समय लागेको हो ।
 
भारतीय सञ्चारमाध्यमले पनि यो दुर्धटनाका बारेमा समाचार दिएका छन् । भारतका विदेशमन्त्री सुस्मा स्वराजले यस दुर्धटना प्रति चासो देखाउँदै उद्धारमा समन्वय गर्न भारतीय नियोगलाई निर्देशन दिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 
 
उक्त हाईवेमा केही दिन अघि नदीको दलदलमा पर्दा अर्को अमेरिकी परिवारको ज्यान गएको थियो ।