मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकन डाक्टरहरुको टोली निःशुल्क स्वास्थ्य शिविरका निम्ति सप्तरी र ईटहरीमा

अमेरिकन डाक्टरहरुको टोली निःशुल्क स्वास्थ्य शिविरका निम्ति सप्तरी र ईटहरीमा


सप्तरीको दक्षिणी सिमावर्ती गाउँका बाढी पिडितहरुको उपचारका लागि ख्याति प्राप्त अमेरिकी डाक्टरहरुको एक टोली बुधवारदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन शुरु भएको छ । बाढी पिडितहरुलाई लक्षित गरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–४ कोईलाडी गाउँमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
 
गत वर्ष असारको दोश्रो साता तथा साउनको अन्तिम साता तिर आएको बाढीले तिलाठी कोईलाडी गाउँपालिकालाई हदै सम्म प्रभावित गरेको थियो । करौडोको क्षति हुनुका साथै उक्त गाउँपालिका वडा नम्बर ४ अन्तरर्गत रहेको कोईलाडी गाउँमा एक जना ८ बर्षिय मुसहर बालक कमलु सदाको ज्यान समेत बाढीकै कारण गएको थियो ।
 
गरिब विपन्न बाढी पिडितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ अमेरिकाको कैलाश मेडिकल फाउन्डेसन र लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ को संयुत्त आयोजनमा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको शिविरका मिडिया संयोजक सचिन पोखरेलले जानकारी गराए । यस शिविर चैत्र २८ देखि ३० गते सम्म शिविर सञ्चालन हुनेछ ।
 
उक्त शिविरबाट विरामिहरुलाई निशुल्क परामर्श सहित उपचार सेवा प्रदान गरिने छ । दातँको लगायत अन्य फिजिसियन सम्बन्धि बिशेषज्ञ चिकित्सकहरुको टोलीबाट जाचँ हुनेछ । 
शिविरबाट जाचँ संगसगै निशुल्क रुपमा औषधि समेत बितरण गरिने भएको छ । अमेरिकी बिशेषज्ञ चिकित्सकबाट शिविर सञ्चालन गरि सफलतापुर्वक सम्पन्न गर्न अमेरिकाबाट ११ जनाको बिशेषज्ञ चिकित्सक टोलि शिविरमा सहभागिता भइसकेका छन् ।
 
लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी ३ का क्यालीफोर्नियाका  गभर्नर राजेन थापाको बिशेष पहलमा अमेरिकी चिकित्सक टोलि नेपाल शिविरमा पुगेका हुन् । थापा अमेरिकामा बस्दै आएका भएपनि नेपाल र नेपाली प्रति आफ्नो  राष्ट्रप्रति समर्पित भई उक्त शिविरको संयोजन गरेको बताउछन् । 
आफु जाहाँ रहे पनि आफ्नो देशप्रतिको कर्तव्य सधै पुरा गर्ने थापा बताउछन् ।
 
सप्तरीमा यसरी अमेरिकी चिकित्सकबाट पहिलोपल्ट स्वास्थ्य जाचँ गर्न पाउने भएका कारण यहाँका सर्वसाधरण निकै उत्साहित रहेको छ ।
 
यसै गरि बैशाखको २ गतेबाट सुनसरीको इटहरीमा हुने शिविरको लागी प्रचार प्रसार तथा अन्य तयारी भईरहेको इटहरी संयोजक बिमल पौडेलले बताए । पौडेलका अनुसार अमेरिकी बिशेषज्ञ चिकित्सकको टोलीले दिने स्वाथ्य सेवाबाट इटहरीका वासिन्दा निकै लाभान्दित हुनेछन् भन्ने आयोजकको ठम्याई रहेको छ ।