मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

आइतबार नेपाली मन्दिरमा निशुल्क स्वास्थ शिविर

आइतबार नेपाली मन्दिरमा निशुल्क स्वास्थ शिविर


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससको आयोजनामा आउँदो आइतबार अर्भिङमा निशुल्क स्वास्थ शिविर हुने भएको छ ।
 
आइतबार बिहान १० बजेदेखि १ बजेसम्म नेपाली मन्दिरमा हुने स्वास्थ शिविरमा ड्यालस र सेरोफेरोमा रहेका नेपाली समुदायका डाक्टरहरुले जाँच गर्नेछन् । नेपाली समाज टेक्ससले हरेक तीन महिनामा निशुल्क स्वास्थ शिविर आयोजना गर्दै आएको छ । 
 
यस पटकको शिविरमा डा. सञ्जीव श्रेष्ठ, डा. झरना श्रेष्ठ, डा. विष्णु सापकोटा र डा. शर्मिला श्रेष्ठले जाँच गर्नेछन् । शिविरमा उपस्थित भएर निशुल्क सेवा लिन नेपाली समाजले आग्रह गरेको छ ।

सोही अवसरमा महिलाहरुमा हुने स्तन क्यान्सरका बारेमा सचेतना कार्यक्रम समेत हुने कार्यक्रम रहेको छ ।  

Advertisement

शेयर गर्नुहोस:

0
Shares