मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

प्राइमरी भिसामा अमेरिका पुगेर ब्यापार व्यवसाय गर्न ट्रम्पले छुट नदिने

प्राइमरी भिसामा अमेरिका पुगेर ब्यापार व्यवसाय गर्न ट्रम्पले छुट नदिने


काठमाडौं, फागुन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका पुगेर ब्यापार व्यवसाय गर्न छुट नदिने तयारी गरेका छन् ।
 
प्राइमरी भीसामा अमेरिका पुगेर व्यापार व्यवसाय गर्दा अमेरिकी नागरिकको बेरोजगारी दर बढेको भन्दै राष्ट्रपति ट्रम्पले यसलाई रोक लगाउने तयारी गरेका हुन् ।
 
पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा अमेरिकामा प्राइमरी भिसामा रहेकाहरुले अमेरिकामा व्यवसाय गर्न छुट दिने नियम लागू गरेका थिए ।
 
जसका कारण विश्वका हजारौं मानिस अमेरिकाका विभिन्न शहरमा प्राइमरी भिसामा पुग्दै ब्यापार व्यवसाय गर्दै आएका छन् ।
 
अमेरिकी जनताको बेरोजगारी दर घटाउन र जीवनस्तर उकास्नका लागि राष्ट्रपति ट्रम्पले प्राइमरी भिसामा काम गर्न पाउने प्रावधान खारेज गर्ने तयारी गरेको बताइएको छ ।
 
ओबामा प्रशासनकै बेला हजारौं अमेरिकी नागरिकले ओबामाको निर्णयप्रति बिरोध जनाउँदै प्रदर्शनसमेत गरेका थिए ।
 
ट्रम्प प्रशासनले प्राइमरी भिसामा कुनै पनि जोडीले काम गर्न पाउने प्रावधान खारेज गरेमा सबैभन्दा बढी भारतीय र चिनियाँ नागरिक कामबाट बञ्चित हुनेछन् ।
 
यद्यपी यो नियम लागू हुनेमा भने अमेरिकी विश्लेषकहरुले नै शंका व्यक्त गरेका छन् ।(एजेन्सी)

शेयर गर्नुहोस:

0
Shares