मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी खर्च विधेयकमा हस्ताक्षर, सरकारी कामकाज पुनः सुचारु

अमेरिकी खर्च विधेयकमा हस्ताक्षर, सरकारी कामकाज पुनः सुचारु


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खर्चसम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन् ।
 
विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै छोटो समयका लागि बन्द भएको अमेरिकी सरकारी कामकाज पुनः सञ्चालनमा आएको छ ।
 
सिनेटले खर्च विधेयक पारित गर्नुपर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकारी कामकाज ठप्प भएको थियो । तर पछि सो विधेयक पारित भएको थियो ।
 
वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकारी कामकाज संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका हुन् ।
 
६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ ।
 
सरकार सञ्चालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केही असहमतिहरुको सामना गर्नु परेको थियो ।
 
पारित विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले अब अमेरिकी सेना पहिले भन्दा बलियो हुने बताएका छन् । (एजेन्सी)