लस एन्जल्स, १० फेब्रुअरी- लसएन्जल्समा प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको मन्दिर बिधिवत रूपमा प्राण प्रतिष्ठा पूजा पश्चात् सुरु हुनेछ ।
समुदायद्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको फेब्रुअरी ११ देखि १३ सम्म हुने प्राण प्रतिष्ठा पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
फेब्रुअरी ११ आइतबार बिहानदेखि सुरु हुने पूजा तीन दिनसम्म चल्नेछ ।पूजाको अन्तिम दिन मङ्गलवार साँझ शिवरात्रि मनाइने योजना रहेको पशुपति बुद्ध फाउण्डेशनका संस्थापक अध्यक्ष भक्त थापाले बताए ।
हरेक दिन सबै भक्तजनलाई प्रसादको व्यवस्था गरिएको र मन्दिर सजाउनको निम्ति उत्साहजनक पूर्वक सबै सामुदायिक सदस्यहरू जुटिरहेका छन् ।
बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने राम लामाले जानकारी दिए र साथै सम्पूर्ण लसएन्जल्सबासी नेपाली समुदायलाई पूजा कार्यक्रमको लागि आह्वान समेत गरेका छन् ।
प्रतिक्रिया