मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी शेयर बजारमा हड्म्प मच्चियो

अमेरिकी शेयर बजारमा हड्म्प मच्चियो


हिमालयखवर संवाददाता- 
अमेरिका। अमेरिका शेयर बजारमा सोमबार हड्कम्पनै मच्चिएको छ ।  सोमवार बजारमा कारोबार भइरहँदा अमेरिकाको मुख्य न्यूयोर्क स्टक एक्स्चेञ्जको मुख्य शेयर सूचक डोजोन्स १६०० अंकले तल झर्न पुग्यो । एकै दिनमा यति ठुलो गिरावट आएको इतिहासमा यो पहिलो पटक हो । डो घट्नुको अर्थ शेयर लगानीकर्ताको सम्पत्ति कम हुनु हो ।
 
 सोमवार बजार खुलेदेखिनै बजार तल झर्न सुरु गरेको थियो ।  तर, मध्यान्ह्मा निकै उतार चढाव आयो । १६ सय अंकले तल झरेपछि पुन बजार केही सम्हालिएको थियो । तर, अन्तिममा बजार ११७९ दशमलव २१  अंक अर्थात्  ४ दशमलव ६२ प्रतिशतले तल आएर बजार बन्द भएको छ । कारोबारका दुई दिनमा मा शेयर बजार ५ प्रतिशत भन्दा बढीले तल झरेको छ । 
 
सोमबार कारोबार अवधिभरनै बजार तल माथि गर्दै खेल्ने रोलर कोष्टर जस्तो अवस्था थियो । यो गिरावट सगैं शेयर बजार लगानीकर्ताले एकै दिनमा अरर्बौ गुमाएका छन् ।  
 
शुक्रवार देखिनै अमेरिकाको शेयर बजारमा गिरावट देखिएको थियो । डोजोन्स ६ सय भन्दा बढी अंकले तल झरेको थियो ।  धेरै लगानीकर्ताले सोमवार के हुन्छ भन्दै कुरेका थिए । तर, सोमवारको कारोबारले लगानीकर्तालाई थप त्रसित बनाएको छ । 
 
गत शुक्रवार अमेरिकाको श्रम विभागले रोजगारीसम्वन्धि तथ्याङ्क सार्वजनिक गरेको थियो । पछिल्लो महिना २ लाख नयाँ रोजगारका अवसर थपिएका थिए । बेरोजगारी दर ४ दशमलव १ प्रतिशतमा झरेको छ । यो निकै न्यून हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४५ वर्ष यता नै अमेरिकामा सबैभन्दा कम बेरोजगारी दर भएको दाबी गरेका थिए । यही वेला शेयर बजारमा हड्कम्प मम्चिएको हा । 
 
प्रत्याभुती अर्थात् बोण्ड मार्केटका कारण लगानीकर्ताहरू शंकामा थिए । बोण्डको ब्याजदर बढेको छ । यसले मूल्य वृद्धि हुने जोखिम हुदां शेयर बजारका लगानीकर्ता त्रसित भएका ुहन् । अमेरिका शेयर बजारको असर हगंकगं, जापान र बेलायतमा परेको छ ।
 
 सोमवार बजार घटिरहेका वेला राष्ट्रपति ट्रम्पले ओहाईओमा व्यवसायलाई सम्बोधन गर्दै आफूले लिएका निर्णयले अर्थतन्त्रलाई फाइदा पुगेको दाबी गरेका थिए । तर, उनले डोजोन्समा आएको गिरावटलाई भने नजरअन्दाज गर्दै कुनै टिप्पणी गरेका थिएनन् । ट्रम्पले शेयर बजारमा आएको उछाललाई आफ्नो सफलताका रूपमा यस अघि व्याख्या गरेका थिए । अहिलेको गिरावटले ट्रम्प पनि अप्ठ्यारोमा पर्न सक्ने विश्लेषण छ । 
 
सन् २००८ मा आर्थिक मन्दी आउँदा डोजोन्स ७७७ अंकले तल झरेको यिथो । यस पछि अमेरिका गम्भीर अािर्थक सङ्कटमा गएको थियो । 
 
राष्ट्रपति निर्वाचन यता अमेरिकाको शेयर बजार बढिरहेको थियो । डोनाल्ड ट्रम्पले जितेपछि डोजोन्स ८ हजार भन्दा बढी अंकले माथि चढेको थियो । हाल अमेरिकाको अर्थतन्त्रको वृद्धि स्वास्थ्य खालको  छ । कामदारको पारिश्रमिक बढेको छ । मूल्य वृद्धि अनपेक्षित रूपमा कम छ ।  अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्व बैंक ब्याजदर नीतिले पनि यस्तो भएको हो । रिजर्व बैकले बैंक ब्याजदर नबढाएको दशक भईसक्यो । तर, अहिले बैंक दर बढाउने सम्भावना छ । केन्द्रीय बैंक यसवर्ष देखि बिस्तारै बैंक ब्याजदर बढाउने योजना छ । 
 
यस्तै वासिंटनको राजनीतिक समस्या, छिटो समयमा बजारमा उछाल आउनु, लगायतले पनि शेयर बजारमा अहिलेको अवस्था आएको बजार विश्लेषकहरूले बताएका छन् ।
 
तपाईँ हामीलाई के हुन्छ
शेयर बजार यही रूपमा केही दिन घटिरह्यो भने यसले अमेरिकाको अर्थतन्त्रलाई मन्दी तर्फ धकेल्न सक्छ । यस असर घर जग्गा, व्यापार व्यवसाय लगायतका क्षेत्रमा पर्न सक्छ । ठँक्कै यस्तै असर पर्छ भन्ने छैन ।
 
अनौठो समयमा शेयर बजार गिरावट आउकाले पनि अब के हुन्छ भन्ने अन्यौलता बढी छ । तर, विगतमा शेयर बजारमा मन्दी आउँदा अन्य क्षेत्रमा पनि असर पार्ने गरेको थियो । शेयर बजारलाई अर्थतन्त्रको अवस्था नाप्ने ब्यारोमिटर पनि भनिने भएकाले यसको असर अन्य स्थानमा भने पर्ने छ । 
 
किस्ताबन्दीमा घर किन्ने वा सम्पत्ति जोड्ने योजना छ भने केही दिन बजार को अवस्था हेरेर निर्णय गर्नु उपयुक्त हुन्छ । बजारको यो हालले घर जग्गामा पनि मन्दी आउन सक्छ ।