हिमालयखवर संवाददाता
अमेरिका-
राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार साँझ काँग्रेस र सिनेटको संयुक्त सदनमा महत्त्वपूर्ण मन्तव्य दिदैं डीभी लटरी कार्यक्रम समाप्त गर्नु पर्ने, अमेरिका परिवारका सदस्यको स्पोन्सरका आधारमा ग्रिनकार्ड वा अमेरिका भ्रमण गर्न पाउने अहिलेको व्यवस्थालाई कडा बनाउने घोषणा गरेका छन् ।
उक्त संयुक्त बैठकमा अमेरिकाको भविष्य मानिने सरकारको नीतिगत मन्तव्य स्टेट अफ युनियन प्रस्तुत गर्ने क्रममा ट्रम्पले ३० वर्ष देखिको गलत इमिग्रेशन नीति सुधार गर्न काँग्रेसको सहयोग पनि मागेका छन् ।
उनले राष्ट्रिय महत्त्वको उक्त बैठकमा इमिग्रेशन सुधार चार खम्बा (पिलर)का आधारमा गरिनुपर्ने भन्दै व्याख्या गरेका छन् । यी चार खम्बामा नाबालक हुदां गैरकानुनी रूपमा अमेरिका छिरेका योग्य ड्रिमर्सलाई १२ वर्षमा नागरिकता दिने, दक्षिण सीमामा पर्खाल लगाउने, डीभी लटरी जस्तो पुरानो मिति सकिएको कार्यक्रमबाट विदेशी ल्याउने र परिवारका सदस्यले अन्यलाई ल्याउन पाउने चेन प्रणाली समाप्त पार्नु पर्ने बताए ।
अहिले इमिग्रेसन सुधार सम्बन्धी विद्येयक संसदमा विचाराधीन छ । यसमा दुई प्रमुख पार्टी बिच छलफल भइरहेको छ । विपक्षी डिमोक्र्याट पार्टीले ड्रिमर्सलाई यहाँ बस्ने अधिकार दिन लगायत उदार इमिग्रेशन नीतिको माग गरिरहेका छन् ।
दक्षिण सिमावाट गैरकानुनी रूपमा आप्रावासी आउँदा अमेरिकामा अपराध बढेको, लागुपदार्थ कारोबारले प्रशय पाएको र सामान्य योग्यता भएका अमेरिकीले प्रतिस्पर्धा गर्नु परेको बताउँदै राष्ट्रपति ट्रम्पले यसलाई रोक्नपनि पर्खाल जरुरी भएको बताए ।
राष्ट्रपति ट्रम्पले अमेरिकामा केही महिना अघि भएका आंतककारी हमलामा डीभी लटरी र परिवारको स्पोन्सरका आधारमा अमेरिका आउन पाउने अहिलेको प्रणाली दोषी भएको सङ्केत पनि गरे ।
अमेरिकालाई मजबुत बनाउन पुर्वाधारहरुमा व्यापक लगानी गर्ने पनि घोषणा ट्रम्पले गरेका छन् ।
उक्त सम्बोधनमा राष्ट्रपति ट्रम्पले घरेलु मामिला, आंतककारीको समस्या, अरब इजरायल नीति, अर्थतन्त्र, रोजगार, विदेशनीति लगायत थुप्रै नीति घोषणा गरेका छन् ।
सम्बोधन सुरु गरेको एक घण्टा नहुदैं उनले इमिग्रेशन प्रणालीका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।फोटो: सामाजिक संजाल
प्रतिक्रिया