मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोलोराडोमा सामुदायिक भवन निर्माणार्थ सप्ताह लगाइने

कोलोराडोमा सामुदायिक भवन निर्माणार्थ सप्ताह लगाइने


कोलोराडो (अमेरिका)- नेपाली र नेपाली भाषी भुटानीहरूको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरूको साझा सामुदायिक भवन निर्माणका लागी आर्थिक सहयोग संकलन गर्न श्रीमद्भागवत् महापुराण लगाइने भएको छ ।
 
कोलोराडोमा कृयाशिल सकृय सबै संघ संस्था तथा समाजसेवीहरूको आयोजनामा आगामी अप्रिल २८ देखी मे ५ तारीक सम्म पंडित दिनबन्धु पोख्रेलको उपस्थितिमा डेनभर मेट्रो भित्र सप्ताह महापुराण लगाइने भएको हो ।
 
नेपाली घरको आव्हानम्ाँ शुक्रवार सम्पन्न कोलोराडोमा कृयाशिल संघ संस्था तथा समाज सेवीहरूको भेलाले सामुदायिक भवन निर्माण गर्न पुराण लगाउने सर्व सम्मत निर्णय गरेको हो । 
 
भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न ९ सदस्सिय समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरेको छ । यसरी सर्व सम्मत निर्णयगरी चयन गरिएका महानुभावहरूमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नवीन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् । बाँकी ३ सदस्यको चयन निकट भविष्यमै गरिने नेपाली घरका अध्यक्ष लक्ष्मण रानाले बताएका छन् ।   
 
त्यसै गरी मूल आयोजक समितिको माताहतमा रहने गरी एक सचिवालय समिति र एक कार्यकारी समिति गठन गरिने छ । यी समितीहरुमा कोलोराडोमा कृयासिल सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धिजीवी, ब्यावसाही, धार्मिक गुरुहरू, पत्रकार, तथा कलाकारहरू रहने छन् । त्यस्तै सप्ताह माहायज्ञलाई सफलताका साथ सम्पन्न गर्न अर्थोक उपसमिति, प्रचारप्रसार उपसमिति लगायत ३० भन्दा बढी उपसमितीहरु र हरेक सहरमा सहयोग समितिहरू गठन हुने बताइएको छ । 
 
यसै गरी सोही भेलाले नेपाली घरले विगत ८ वर्ष देखी निर्माण गर्ने भन्दै आएको सामुदायिक भवन कोलोराडोमा कृयाशिल सबै संघ संस्थाहरू तथा समुदायको सामूहिक स्वामित्व रहने गरी निर्माण गरिने सहमति गरेको छ । त्यसै गरी महापुराण सम्पन्नगर्न गठित सबै संघ संस्थाका अध्यक्ष, समाजका गन्यमान्य, बुद्धिजीवी, ब्यावसाही, धार्मिक गुरुहरू, पत्रकार, तथा कलाकारहरू रहेको एक समिति स्थायी रहने छ । 
 
उक्त समिति भवन निर्माण सम्पन्न नभए सम्म रहने यसै भेलाले निर्णय गरेको छ । साथै भेलाले कोलोराडो निवासी सबै नेपाली र नेपाली समुदाय प्रति सद्भावराख्ने महानुभावहरूलाई उक्त अवधिमा मिलेसम्म काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने वातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध गरेको छ । 
 
 
 

शेयर गर्नुहोस:

0
Shares