हिमालयखवर संवाददाता
फ्लोरिडा (अमेरिका)- फ्लोरिडाको मियामी सहरभन्दा करिब ३० माइल पर फोर्ट लाउडरडल सहरमा प्रहरी ग्रेहण्ड बस भित्र गई त्यहाँ यात्रुसँग अमेरिका बस्न पाउने अधिकार भएको कागजात मागेका छन् । स्थानीय मिडिया डेली केओसले बसमा प्रहरीले यात्रुसँग कागजात मागेको देखाउने भिडियो समेत आफ्नो अनलाइनमा राखेको छ ।
यो कार्यलाई आप्रावासी मागी बर्वर रवैयाका रूपमा लिइएको छ । अमेरिकामा बसमा हिँड्दा अमेरिका बस्ने कानुनी प्रमाण देखाउनु पर्दैन । यसैले कागजात नहुनेहरू प्राय बसमा यात्रा गर्छन् । ग्रेहण्ड अमेरिका भर र क्यानडा समेतमा सेवा दिने यातायात सेवा हो । उक्त अनलाइनमा राखिएको यात्रुले खोजेको भिडियोमा केही यात्रुलाई प्रहरीले उतारको देखिन्छ ।
यसरी प्रहरीले बसमा आएर धरपकड गर्न नपाउने हुदां यस्तो भएमा तत्काल स्थानीय इमिग्रेशन सहयोगी संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले यता गैरकानुनी आप्रावासी माथि थप कडाई गरिएको छ । केही दिन अघि विभिन्न राज्यका ९८ सेभेन इलेभेन स्टोरमा इमिग्रेशन एण्ट कस्टम्स इन्र्फोस्मेण्ट (आईसीइ) ले त्यहाँ कार्यरत कर्मचारीको विवरण मागेको थियो । यस क्रममा शंकास्पद २१ जना पक्राउ परेका थिए ।
हाल कुनै सामान्य अभियोगमा प्रहरीले पक्राउ गरेकासँग यदि अमेरिका बस्ने कानुनी कागजात रहेनछ भने कयौँ केसमा आईसीईले आफ्नो नियन्त्रणमा लिने गरेको छ । फोटो: सामाजिक सन्जाल
प्रतिक्रिया