मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

उत्तर अमेरिका तामाङ सम्मेलनमा लामाको तयारी

उत्तर अमेरिका तामाङ सम्मेलनमा लामाको तयारी


अमेरिका – उत्तर अमेरिका तामाङ सम्मेलनमा लक्यान लामाले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

मंगलबार साँझ कार्यक्रम आयोजना गरी लामाले उमेद्वारी घोषणा गरेका हुन् । सम्मेलन पहिलो पटक हुन लागेको हो । गत वर्ष गठन भएको तदर्थ समितिमा लामा सचिव छन् ।

Advertisement
ADVERTISEMENT

लामाले ७ बुँदे प्रतिवद्धता र ४ बुँदे गुरुयोजना पनि सार्वजनिक गरेका छन् । उनका प्रतिवद्धतामा तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी कार्यन्वयन गर्ने, भर्चुअल तामाङ अनलाइन स्कूल तुरुन्त सञ्चालन गर्ने, युवा तथा विद्यार्थी, आपत विपत निराकरण समिति बनाउने, मञ्च गठन गर्ने, डम्पूm साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने लगायतका छन् ।

त्यस्तै, उनको गुरुयोजनामा ग्लोबल तामाङ कन्फरेन्स गर्ने, अन्तराष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, नेपालमा तामाङ प्रशासकिय भवन बनाउने र संयुक्त लगानीका लागि पहल गर्ने लगायतका छन् ।

समाजशास्त्रमा स्नात्तकोत्तर तामाङ नेपालमा समाज कल्याण परिषदमा सहायक निर्देशक थिए । विभिन्न संघ संस्थामा काम गरेका तामाङ नर्थ अमेरिका तामाङ कन्फरेन्सको २५ सदस्यीय तदर्थ समितिका सचिव हुन् ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरले पनि सम्मेलनबाट साझा घर बनाउन लागेको भन्दै अध्यक्षका २ जना प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिए ।

शेयर गर्नुहोस:

0
Shares