मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी निर्बिरोध

एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी निर्बिरोध


लस एन्जलस (अमेरिका)– नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्षमा चन्द्र  शिवाकोटी निर्विरोध भएका छन्  । 
 
निर्वाचन समितिको बिहीबार साँझ बसेको बैठकले  शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । 
 
लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्वारी  परेको थियो  । 
 
भद्र र शालिन शिवाकोटीको  बिरुद्धमा कसैको उम्मेद्वारी नदिदा शिवाकोटी निर्विरोध निर्वाचित भए । 
 
यसै गरि वरिष्ठ उपाध्यक्ष पदमा लस एञ्जलसका पुराना समाजसेवी वासुदेव घिमिरे र  उपाध्यक्षमा नबीनकुमार पोखरेल समेत निर्विरोध निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा दिनेश शाह चयन भएका छन् । त्यस्तै सदस्यहरुमा  योगेन्द्र विमली, सबल प्रसाई, तुलसा पाठक, सन्तोष पोखरेल, सरिता ढकाल, उत्तम थापा, डोल्मा लामा र शमसेर भण्डारी समेत निर्विरोध निर्वाचित भएका छन् ।
 
कार्यसमितिमा  महासचिव , सचिव र एक सदस्य पदमा कसैको पनि उम्मेदवार परेको थिएन । 
 
संस्थाकी संस्थापक तथा पुर्व अध्यक्ष उमा कार्की थापाको संयोजकत्वमा गठित निर्वाचन समितिमा संस्थाका पुर्व सल्लाहकार राजेन्द्र शिवाकोटी, पुर्व महासचिव तथा सल्लाहकार मुकुन्द ढुंगाना, पुर्व सचिव राम बाबु पाण्डे तथा आजीवन सदस्य मदन पाठक थिए । 
 
एकता समाजको झन्डै १० वर्षको इतिहासमा नव निर्वाचित अध्यक्ष चन्द्र शिवाकोटीले संस्थाको पाचौ अध्यक्ष हुन् । 
 
रिएल स्टेट एजेन्ट व्यबसायी  नव निर्वाचित अध्यक्ष शिवाकोटीलाई अबको दुइ वर्षे कार्यकालमा वर्तमान कार्य समितिले अङ्गीकार गरेका कार्य र योजनालाई  निरन्तरता दिदै समुदाय केन्द्रित केहि नयाँ कार्यक्रमको थप गरिने बताएका छन् । 
 
यो कार्य समितिमा समेत बसेर आफुले कार्य गरेको अनुभव र सिकाईलाई अबका दिनमा संस्थाको दिगो विकासका लागि खर्च गर्ने बताउदै समुदायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्दता ब्यक्त गरे ।
 
डिसेम्बर २६ तारिक आर्टिसिया स्थित तारा हिमालयन कुजिनमा साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने जानकारी संस्थाका अध्यक्ष सुर्य प्रसाईले दिए ।

शेयर गर्नुहोस:

0
Shares