ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस (एनएसटी) को चुनावी माहौलसँगै बिहीबार साँझ उम्मेदवारहरुसँग वहश हुने भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका कमल सापकोटा र सुमन थापा तथा महासचिवमा कमल सत्याल र भक्त भण्डारीका बीच वहश हुने कार्यक्रम तय भएको छ । शनिबार चुनावी कार्यक्रम रहेको छ ।
उम्मेदवारहरुका धारणा सार्वजनिक गर्न अवसर दिने उद्वेश्यले वहश कार्यक्रम राखिएको हो । कार्यक्रमको मोडरेटरका भूमिका स्थानीय नेपाली व्यबसायीहरुको संस्था यति चेम्बरका महासचिव बाल जोशीले गर्ने भएका छन् ।
अध्यक्षका उम्मेदवारहरुसँग उनीहरुको एजेण्डाका विषयमा सहभागीहरुले प्रश्न समेत राख्नसक्ने आयोजकले जनाएका छन् । बिहीबार साँझ ५ बजेदेखि नेपाली मन्दिरमा उम्मेदवारहसँग वहश राखिएको छ ।
प्रतिक्रिया