मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियामा नेपाली भाषामा सवारी अनुमति परीक्षा हस्ताक्षर अभियान सुरु

क्यालिफोर्नियामा नेपाली भाषामा सवारी अनुमति परीक्षा हस्ताक्षर अभियान सुरु


स्टेट अफ क्यालिफोर्नियामा बस्ने नेपाली भाषीहरूले सवारी चालक परिचय पत्र (California Licenses-“DL”)  को लागि दिने टेस्ट नेपाली भाषामा दिन पाउनको लागि अभियान सुरु गरिएको छ। 
 
लस एन्जल्स र सान फ्रान्सिस्को बे एरियामा घना रूपमा रहेका नेपाली भाषीहरुको अनुमानित सङ्ख्या १ लाख भन्दा धेरै मानिएको छ। भुट्निज नेपाली अमेरिकन, नेपाली र नेपाली मूलका नेपाली अमेरिकन तथा जो कोही पनि स्टेट अफ क्यालिफोर्नियामा बस्ने तर १८ वर्ष उमेर पुगेका व्यक्तिले यो अभियानमा हस्ताक्षर गरेर सहयोग गर्न सक्नुहुनेछ।   
 
बिशेषगरी स्टेट अफ क्यालिफोर्निया मतदाता (राजिस्टर भोटर्स) हरुको योगदान र सपोर्टको अर्थ झन् ठुलो हुनेछ। तर हस्ताक्षर गर्न मतदाता नै हुनुपर्छ भन्ने छैन। १८ वर्ष उमेर पुगेका कानुनी रूपमा रहेका जो कोही पनि सहभागी हुन सक्नुहुनेछ।
 
यो अभियानलाई टुंगोमा पुर्याउनको लागि लायन्स क्लब District 4-C6 का Governor Robert Stewart (Bob) को प्रस्ताव र लायन्स क्लब District 4-C3 का Governor Rajen Thapa को समर्थनमा क्यालिफोर्निया राज्यका MD 4 Council of Governs (जहाँ १५ वाट District छन्, २० हज्जार भन्दा बढ़ी सदस्यहरू छन्) को पूर्ण बैठकले मुख्य एजेण्डाको रूपमा अनुमोदन गरी हस्ताक्षर संकलन सुरु गरिएको हो।
 
अभियानलाई व्यवस्थित गर्नको लागि तत्काल निम्न व्यवस्थाहरू गरिएको छ
 
१. DL टेस्टको प्रश्न-पत्रहरु नेपालीमा अनुवाद गर्न लाग्ने ख़र्च Lions clubs MD 4 council California को कोषबाट गरिनेछ।
२. अभियानलाई सशक्त र प्रभावकारी बनाउन, क्यालिफोर्नियाका विभिन्न सहरमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्था, संस्थाका पदाधिकारीहरू, सामाजिक अभियन्ताहरुसंग समन्वय र सहकार्य गर्न र सबैलाई यस अभियानमा समेट्न गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) का सदस्य डिल्ली भट्टराईको नेतृत्वमा आवश्यकता अनुसार सदस्यहरू थप्न सकिने गरी कार्यदल गठन गरिएको छ।
त्यसैले स्टेट अफ क्यालिफोर्नियामा बस्ने १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपाली र नेपाली भाषीहरु तथा यो अभियानलाई पुरा गर्नको लागि तपाईँ जो कोही १८ वर्ष उमेर पुगेर कानुनी रूपमा रहेकाले यो प्रस्तावमा हस्ताक्षर गर्न सक्नु हुँनेछ। हस्ताक्षर पश्चात् प्रस्ताव कानुनी प्रक्रियाका लागि पेस गरिनेछ। 
 
This petition will be delivered to:
* Secretary
* California State Senate
* California State House
This petition:
California DMV administered Driver License test translated into Nepali. Nepalese legal residents of California currently exceed 100,000. It is their and our intention that Nepalese as well as all legal residents integrate, assimilate, and add community service focused value to the culture of California. We each need an equal opportunity for transportation, including a California driver license so that we can engage in more meaningful employment. The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali.
This petition will be delivered to:
* Secretary
* California State Senate
* California State House
Reasons for signing
The DMV Drivers Test is translated into dozens of languages by the DMV, but not Nepali
 
हस्ताक्षर गर्नको लागि तलको लिंक क्लिक गर्नुहोस् हस्ताक्षर गर्नको लागि तपाइको लिगल नाम र इमेल ठेगना  आवश्यक्ता पर्दछ।