मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एक मिनेट नाचेको यत्रो रकम लिँदै प्रियंका

एक मिनेट नाचेको यत्रो रकम लिँदै प्रियंका


बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् ।
 
यसैबीच, प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।
 
भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यस अनुसार उनले पाँच मिनेटको पाँच करोड पाउनेछिन् ।
 
प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ । यसअघि आइफा अवार्डमा पनि उनी नाच्ने चर्चा चलेको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेपछि नाचिनन् ।

शेयर गर्नुहोस:

0
Shares