ग्लोबल नेपाली

एनआरएन अमेरिकाको अध्यक्षकालागी पाँचजनाको उमेदवारी दर्ता

एनआरएन अमेरिकाको अध्यक्षकालागी पाँचजनाको उमेदवारी दर्ता


हिमालयखबर संवाददाता
अमेरिका – केही महिना यता निकै चर्चा र चासोको बिषय बन्दै आएको एनआरएन अमेरिकाको अध्यक्षका लागि पाँचजनाले उमेदवारी दर्ता गरेका छन । 
 
यसअघि नै चर्चामा रहेका  डा केशब पौडेल, कृष्ण पोखरेल, गौरीराज जोशी,  राम सी पोखरेल र रविना थापाले उमेदवारी दर्ता गरेको निर्वाचन कमिटीले जनाएको छ । शनिबार उम्मेदवारी दर्ताको अन्तिम दिन हो । 
 
उम्मेदवारी दर्ताकालागी शनिवार  राती १२ बजेसम्मको समय दिइएको  थियो । 
 
उम्मेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै अध्यक्षका एकजना प्रत्यासी राम सी पोखरेलले एनआरएन साझा संस्था भएकोले प्यानल वा गुट भन्दापनि सबैको साझा व्यक्तिका रुपमा आफुले उमेदवारी दिएको बताएका छन । 
 
वर्तमान बोर्डमा रहँदापनि आफु सदैव न्याय र संस्थाको हितमा लागेको उल्लेख गर्दै पोखरेलले एनआरएन सुधार, आफनो मुख्य एजेण्डा रहेको पनि उल्लेख गरेका  छन ।  
 
यसैगरी अध्यक्षका अर्का प्रत्यासी  गौरी जोशीले एनआरएन अमेरिका  सबैको आकर्षणको संस्था बनाउने मुख्य उदेश्यकासाथ आफुले उमेदवारी दिएको बताएका छन । उमेदवारी दर्तापछि एक अपिल सार्वजनीक गर्दै जोशीले अबको एनआरएन ‘हाम्रो र राम्रो’ एनआरएन बनाउने, अमेरिकाको नेपाली समुदायलाइ बलियो बनाउँदै मातृभूमिमा सक्दो सहयोग गर्ने, युवाहरुलाइ रोजगारीकालागी आवश्यक सहयोग गर्ने, आइसिसिमा नेतृत्वदायी भुमिका खेल्ने जस्ता एजेण्डाहरु अघि सारेका छन ।
 
अर्का प्रत्याशी एवं वर्तमान अध्यक्ष डा. पौडेलले सवल र सम्मानित अमेरिकी एनअरएनका  र बाकी कामहरु पुरा गर्नको लागि उम्मेदवारी दिएको बताए । 
 
अध्यक्षका अर्का प्रत्यासी रविना थापाले एनआरएन अमेरिकालाइ एउटा उत्कृष्ट संस्था बनाउने लक्ष्यकासाथ आफुले उमेदवारी दिएको बताएकी छन । 
 
हिमालय खबरसँग कुरा गर्दै थापाले एनआरएनको प्रभावलाइ तल्लो तहसम्म पुरयाउने र एनआरएनलाइ  थप प्रभावकारी बनाउने आफनो मुख्य लक्ष्य रहेकोपनि बताएकी छन । यसकालागी आफुसँग पर्याप्त अनुभव रहेको उनको दाबी छ ।  
 
अर्का उम्मेदवार कृष्ण पोखरेलले पनि अमेरिकामा नेपाली समुदायको सुखदुखमा साथ दिनका लागि उम्मेदवारी दिएको बताए । उनले नेपालको राजनीतिभन्दा संस्थालाइ माथि राख्न अघि बढेको समेत उल्लेख गरे । 
 
शनिबारनै एनअरएनका बिभिन्न पदका अकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै २६ वटा स्टेट च्याप्टरका लागि समेत उम्मेदवारी दर्ता भएका छन् । एनआरएन टेक्सास च्याप्टरको अध्यक्षका लागी बिकास उप्रेती र भानु खरेलले आफनो उमेदवारी दर्ता गरेका छन । 
 
कतिपय स्टेट च्याप्टरमा उम्मेदवारी समेत परेको छैन । ती राज्यहरूमा सदस्य भएपनि पदका लागि कोही पनि तयार नभएकाले उम्मेदवारी दर्ता नभएको हो ।