हिमालयखवर संवाददाता
अमेरिका – एनआरएन अमेरिकाको सदस्यताका लागि झण्डै १७ हजारले आवेदन दिएका छन् । आइतबार मध्येरातसम्म १६ हजार ८ सय ८० जनाले सदस्यताको लागि अवेदन गरेका छन् ।
यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै ६ हजारले बढी हो । जसमध्ये करिब चारसय ८४ आजिवन सदस्यका लागि निवेदन परेको छ । दुई वर्ष अघि एनआरएन अमेरिकामा १० हजार ६ सय सदस्य थिए ।
आइतबार मध्येरातसम्म एनआरएन अमेरिकाका लागि सदस्य बन्न खुला गरिएको थियो । यसरी सदस्य माग गर्नेको भेरिफिकेसन पछि अन्तिम सुची जारी गरिने छ । भेरिफिकेसनका लागि समिति गठन भइसकेको छ ।
अन्तिम सुचीमा नाम हुनेले मे महिनामा हुने एनआरएन नेतृत्व चयनका लागि भोट हाल्न पाउने छन् । एनआरएन अमेरिकाको नयाँ नेतृत्वका लागि आगामी मे २० र २२ मा निर्वाचन हुने तय भएको छ ।
एनआरएन अमेरिकाको सदस्य बन्ने समय चार दिन अघिनै सकिएको थियो । तर, एनआरएन वेवसाइटमा समस्या आएको हुदां समय थप गरिएको थियो । थप चार दिनमा पनि एनआरएन अमेरिकाको वेभसाइटमा लगातार समस्या आइरहेको थियो । यसले गर्दा सदस्य सङ्ख्या खासै वढेन ।
किन एनआरएन अमेरिकाको वेभसाइटमा समस्या आयो भन्ने धेरैले प्रश्न उठाएका थिए । सबैभन्दा बढी सदस्य हुने तिन राज्यमा टेक्सस, न्यूयोर्क र क्यालिर्फोनिया छन् । केही राज्यमा पहिलो पटक सदस्य सङ्ख्या एक सय नाघेको छ । एक सय भन्दा बढी सदस्य हुने राज्यमा एनआरएन अमेरिका च्याप्टर गठन हुन सक्छ ।
नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा भएकाले पनि एनआरएनको सदस्य सङ्ख्या बढेको हो । एनआरएन वेवसाइटमा गएर तोकिएको ढांजामा फारम भरि १५ अमेरिकी डलर तिरेर सदस्य बन्न सकिने प्रावधान छ । तर, सदस्य बन्न चाहनेको योग्यता विधान अनुसार पुगेको हुनुपर्छ । आजिवन सदस्यताका लागि १ सय ५० अमेरिकी डलर राखिएको थियो ।
एनआरएन अमेरिकाले वासिङ्टन स्थित नेपाली दुतावाससंग मिलेर गरेको अध्ययनमा अमेरिकामा बस्ने नेपालीको सङ्ख्या करिब २ लाख ५० हजार पुगेको उल्लेख छ । यसको तुलनामा सदस्यताका लागि निवेदन दिनको सङ्ख्या निकै कम हो । दुइ वर्ष अघि १० हजार सदस्य हुँदानै सबैभन्दा बढी एनअरएन सदस्य हुने देश अमेरिका भएको थियो ।
सन् २००३ मा सुरु भएको विदेशमा बस्ने नेपालीको साझा संस्था एनआरएनएका हाल विश्वका ७४ देशमा फैलिएको छ । बढी सदस्य हुँदा एनआरएनए आईसीसीमा बढी प्रतिनिधि सहभागी गराउन पाइन्छ ।
केही महिना पछि एनआरएनए आईसीसीको नेतृत्वका लागि पनि निर्वाचन हुँदैछ । आईसीसीको नेतृत्वका लागि पनि चर्को प्रतिस्पर्धा हुने संकेतहरु देखिएका छन् । आईसीसी उपाध्यक्ष भवन भट्ट र कुमार पन्त अध्यक्षका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
यी दुवै उम्मेदवार प्रचार प्रसारमा पनि लागिसकेका छन् । अमेरिकाकावाट अमेरिका क्षेत्र संयोजक सोनाम लामाले अध्यक्ष वा उपाध्यक्षमा उम्मेदवारी आफू निकटलाई बताउँदै आएका छन् । एनआरएन अमेरिका पूर्व अध्यक्ष खगेन्द्र जीसीलेपनि आईसीसीमा उपाध्यक्ष पदमा पुन उम्मेदवारी दिने बताएका छन् । आईसीसीको निर्वाचनका कारणले पनि एनआरएन अमेरिकाको नेतृत्व चयन चासोको विषय बनेको छ ।
यो पनि पढ्नुहोस्>>एनआरएनको सदस्यता छानबीन समिति
प्रतिकृया दिनुहोस:
प्रतिक्रिया