हिमालयखवर संवाददाता
क्यालिर्फोनिया– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएन अमेरिका) को आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा डिल्ली भट्टराईले बुधवार उम्मेदवारी घोषणा गरेका छन् । क्लालिफोर्नियामा एक कार्यक्रम आयोजना गरेर भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एनआरएन अमेरिकालाई नयाँ सिरावाट अगाडी बढाउन आफूले उम्मेदवारी घोषणा गरेको उनले बताए । स्थानीय समुदायको उपस्थितिमा भट्टराईले उम्मेदवारी घोषणा गर्दै सबैसँग सहयोगका लागि आग्रह गरेका हुन् । भट्टराईले घोषणा कार्यक्रममा एनआरएन अमेरिकालाई विस्तार गरेर ३० राज्यमा पुर्याउने बताए । अहिले साढे एक दर्जन राज्यमा एनआरएन अमेरिकाका च्याप्टर छन् । भट्टराई अहिले एनआरएन अमेरिकाका उपाध्यक्ष हुन् । नेपालमा गोरखा जिल्ला पुर्खौली घर भएका भट्टराई क्यार्फिनिया स्थित कम्पनीमा कार्यरत छन् ।
यस अघि एनआरएन अमेरिकाको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षहरु राम सी पोखरेल, रविना थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष डा केशव पौडेलले पनि अध्यक्षपदमा पुन उम्मेदवारी दिने सार्वजनिक गरेका छन् । एनआरएनका सल्लाहकार गौरी जोशी पनि अध्यक्ष पदको प्रतिस्पर्धामा छन् ।
अमेरिकामा रहेका २ लाख ५० हजार प्रवासी नेपालको श्रीबृद्धि र मातृभूमि नेपालको लागि केही गर्न आफूले नेतृत्व दाबी गरेको भट्टराईले बताए । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा अमेरिकाको प्रतिनिधित्व हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र आफू यसमा सक्रिय रहने उनले बताए ।
घोषणा सभामा उपस्थित धेरैले भट्टराईलाई शुभकामना दिएका थिए । एनआरएन अमेरिकाको आगामी कार्यसमितिका लागि करिब २ महिना पछि निर्वाचन हुने कार्यक्रम छ । तर, निर्वाचन तालिका अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।
बुधवार रातीसम्म एनआरएन अमेरिकाका ३ हजार ३ सय भन्दा बढी सदस्य भएका छन् । आउने साता दिनभित्र सदस्यता लिनेले आउने निर्वाचनमा भाग लिन पाउंछन् । अहिलेसम्म सबैभन्दा बढी टेक्ससवाट सदस्यता दाबी गरिएको छ । यसपछि न्यूओर्क र क्यालिर्फोनिया बढी सदस्य दाबी गर्ने राज्य हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागीले आफ्नो जिज्ञासा राख्नुका साथै विभिन्न सुझावहरू दिएका थिए ।
प्रतिक्रिया