पहेँलो टिसर्ट लगायतका युवायुवतीहरु एकाएक सडकमा उफ्रिन थाले, नाच्न थाले ।
तर त्यो कुनै आन्दोलन थिएन । झण्डै तेह्र हजार जना एकसाथ सडकमा उत्रिएर जुम्बा नाच्दै विश्वकिर्तिमान कायम गरे ।
विश्वको सबैभन्दा वृहत जुम्बा कक्षाको आयोजना गरी मन्दालुयोंग सहरले गिनिज बुकमा नाम लेखाएको छ । जुम्बामा एकसाथ १२ हजार ९७५ जना नाचेका थिए ।
एकनासको पहेँलो टिसर्ट लगाएका मन्दालुयोंगका फिटनेस प्रेमीहरुले देशको सिबु सहरको किर्तिमान भंग गर्न सफल भए । सन् २०१४ को अक्टोबरमा सिबुमा एकसाथ ८ हजार २ सय ३२ जनाले जुम्बा नाचेका थिए ।
विहान साढे ६ बजे सुरु भएको जुम्बा नाचका क्रममा सडकका विभिन्न ठाउँमा व्यवसायिक जुम्बा नर्तकहरु मन्चमाथि नाचिरहेका थिए भने तल सडकमा पहेँलो टिसर्टधारीहरु मन्चका गुरुलाई पछ्याएर उपि|mरहेका थिए । मार्टिनेस सडकमा भएको जुम्बा नाच ननस्टप आधा घण्टासम्म चल्यो ।
प्रतिक्रिया