अमेरिका, बोस्टन। अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्थित प्रवासी नेपालीहरुको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसि) यतिबेला आफ्नो वार्षिक साधारण सभाको तयारीमा जुटेको छ। ग्रेटर बोस्टन क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरुको सबैभन्दा पुरानो संस्था जिबिएनसिले यही आउदो नोभेम्बर १, २०२६ आइतबार वार्षिक साधारण सभा गर्ने भएको छ।
यस सम्बन्धमा संस्थाले सूचना जारी गर्दै आफ्ना सदस्यहरुलाई साधारण सभामा सहभागी हुन निमन्त्रणा गरेको छ। संस्थाले जनाए अनुसार उक्त साधारण सभा 594 Washington Street, Braintree स्थित नेपालीहरुको सामुदायिक भवनमा हुने भएको छ।
संस्थाका महासचिव अजय ढकालले जानकारी दिए अनुसार, उक्त साधारण सभाका लागि संस्थाद्वारा सम्पन्न गतिविधिहरु, आय-व्ययहरु, आगामी वर्षका लागि वार्षिक कार्ययोजना र नयाँ कार्यसमिति चयनलाई छलफलको मुख्य विषय बनाउने भएको छ। महासचिव ढकालका अनुसार, यि विषयहरुमा तयार पारिएका प्रतिवेदनहरु साधारण सभाको दौरानमा कार्यसमितिको तर्फबाट छलफलसहित अनुमोदनका लागि प्रस्तुत गरिने, सदस्यहरुकाबीच छलफल हुने र छलफल पश्चात अनुमोदन गरिने छ।
यसैबीच , संस्थाको विधान अनुसार वर्तमान कार्यसमितिको दुई वर्षीय कार्यकाल (२०२४-२०२६) सकिन लागेको र आगामी दुइ वर्षीय कार्यकाल(२०२६-२०२८)का लागि नयाँ कार्यसमिति चयन गर्नु पर्ने भएकाले, त्यसका लागि प्रक्रिया अगाडि बढाउन साधारण साभाले निर्वाचन समिति गठन गरी आवश्यक कार्यादेशसमेत दिने जनाइएको छ।
महासचिव ढकालले साधारण सभाको आवश्यक तयारी पूरा भइसकेको जानकारी दिदै साधारण सभामा सक्रिय सहभागिताका लागि सम्पूर्ण सदस्यहरुलाई अनुरोधसमेत गरेका छन्।
संस्थामा हाल पाँच सय ५६ जना साधारण सदस्यहरु र एक सय ३६ जना आजीवन सदस्यहरु गरी कूल छ सय ९२ जना सदस्यहरु रहेका छन्।














प्रतिक्रिया