मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास (भिडियो सहित)

विश्वकै सबैभन्दा ठूलो जुम्बा क्लास (भिडियो सहित)


पहेँलो टिसर्ट लगायतका युवायुवतीहरु एकाएक सडकमा उफ्रिन थाले, नाच्न थाले ।
 
तर त्यो कुनै आन्दोलन थिएन ।  झण्डै तेह्र हजार जना एकसाथ सडकमा उत्रिएर जुम्बा नाच्दै विश्वकिर्तिमान कायम गरे ।
 
विश्वको सबैभन्दा वृहत जुम्बा कक्षाको आयोजना गरी मन्दालुयोंग सहरले गिनिज बुकमा नाम लेखाएको छ । जुम्बामा एकसाथ १२ हजार ९७५ जना नाचेका थिए ।
 
एकनासको पहेँलो टिसर्ट लगाएका  मन्दालुयोंगका फिटनेस प्रेमीहरुले देशको सिबु सहरको किर्तिमान भंग गर्न सफल भए । सन् २०१४ को अक्टोबरमा सिबुमा एकसाथ ८ हजार २ सय ३२ जनाले जुम्बा नाचेका थिए ।
 
विहान साढे ६ बजे सुरु भएको जुम्बा नाचका क्रममा सडकका विभिन्न ठाउँमा व्यवसायिक जुम्बा नर्तकहरु मन्चमाथि नाचिरहेका थिए भने तल सडकमा पहेँलो टिसर्टधारीहरु मन्चका गुरुलाई पछ्याएर उपि|mरहेका थिए । मार्टिनेस सडकमा भएको जुम्बा नाच ननस्टप आधा घण्टासम्म चल्यो ।