बिश्व घटना

अमेरिकालाई आक्रमणको कल्पनै गर्न नसक्ने जवाफ दिने इरानी सभामुखको चेतावनी

अमेरिकालाई आक्रमणको कल्पनै गर्न नसक्ने जवाफ दिने इरानी सभामुखको चेतावनी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । इरानी संसद्का सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण भए त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।

इरानमाथि फेरि सैन्य आक्रमण हुनसक्ने भन्दै अमेरिकी उच्च अधिकारीहरूले दिएका धम्कीप्रति प्रतिक्रिया जनाउँदै गालिबाफले इरानको क्षेत्रीय अखण्डतामाथि हुने कुनै पनि आक्रमणको कल्पना गर्न नसकिने जवाफ दिइने बताएका हुन् ।

Advertisement

‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध कुनै पनि प्रकारको दुस्साहस भए त्यसको यस्तो जवाफ दिइनेछ, जसको कल्पनासमेत गर्न सकिँदैन’, उनले भने ।

यसअघि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको अवस्थाबारे टिप्पणी गर्दै आवश्यक परे आफूले अधुरो काम पूरा गर्नुपर्ने हुन सक्ने बताएका थिए । ‘मैले काम पूरा गर्नुपर्ने हुन सक्छ, वा उनीहरूले कुनै सम्झौता गर्न सक्छन्’, ट्रम्पले भने ।

यद्यपि, ‘काम पूरा गर्ने’ भन्नाले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने हो वा अन्य कुनै कदम चाल्ने हो भन्नेबारे ट्रम्पले स्पष्ट पारेका छैनन् ।

इरानी संसद्को आइतबारको बैठक सुरु हुनुअघि सम्बोधन गर्दै गालिबाफले यस्तो चेतावनी दिएका हुन् । बैठकमा सांसदहरूले ‘घुसपैठको सामना गर्ने’ सम्बन्धी विधेयकमाथिको छलफललाई निरन्तरता दिएका थिए ।

आइतबार संसद्का करिब दुईतिहाइ सदस्य विभिन्न माध्यमबाट बैठकमा सहभागी भएका थिए । केही सांसद् संसद् भवनमै उपस्थित थिए भने केहीले अनलाइनमार्फत सहभागिता जनाएका थिए । सभामुख गालिबाफ पनि बैठकमा सहभागी हुन आइतबार संसद् भवन पुगेका थिए । एजेन्सी