मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   

मगर संघ ‘माघे सङ्क्रान्ति-२०२६’ कार्यक्रम गर्ने तयारीमा जुट्यो

मगर संघ ‘माघे सङ्क्रान्ति-२०२६’ कार्यक्रम गर्ने तयारीमा जुट्यो


बोस्टन, अमेरिका।  नेपालीहरुको विषेश चाड ‘माघे सङ्क्रान्ति’को अवसर पारेर अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा ‘माघे सङ्क्रान्ति-२०२६’ कार्यक्रमको आयोजना गरिने भएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यमा रहेका मगर समुदायको संस्था मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो।

Advertisement

‘जहाँ रहे पनि जहाँ बसे पनि, नभुलौं हाम्रो मातृभूमिलाई !
जोगाइ राखौं युगौ युग, हाम्रो मौलिक कला, भाषा र संस्कृतिलाई !!”भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ।

मगर संघ बोस्टन च्याप्टरका अध्यक्ष देवराज पुनले विगतमा झैं यस वर्ष पनि माघे सङ्क्रान्तिको अवसर पारेर उक्त विशेष कार्यक्रमको आयोजना गरी मगर जातिको विशेष चाड मनाउने तयारी भइरहेको जानकारी दिए।

उक्त कार्यक्रम यही आउदो जनवरी १८,२०२६ आइतवार साँझ 520 pleasant street, Watertown, MA-02472 मा आयोजना हुदैछ।

भौतिक रुपमा नेपालबाट निकै टाढा रहिएको भएतापनि नेपाल र नेपालीप्रतिको माया, आफ्नो मौलिक भाषा, भेषभूषा, कला, चाड पर्व, संस्कृति, परम्परा, रितिरिवाज आदि मनमा गाढा रहिरहेकाले त्यसलाई हरसम्भव जोगाइ राख्ने, रमाउने र सामुदायिक सम्बन्धलाई थप कसिलो बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्ष पुनले बताए।

कार्यक्रमको मुख्य आकर्षणमा ‘विविध साङ्गीतिक कार्यक्रम’ रहेको छ। विविध साङ्गीतिक कार्यक्रमका दौरानमा विशेष प्रस्तुतिका रुपमा ‘पञ्चेबाजा र मयुर नाच’ प्रस्तुत गरिने तयारी गरिएको छ। त्यसैगरी, विगतमा नै यस पटक पनि स्थानीय कलाकारहरुले नेपाली गीत सङ्गीतका अन्य कोसेलीहरु पनि कार्यक्रममा प्रस्तुत गर्ने भएका छन्।

कार्यक्रममा माघे सङ्क्रान्ति विशेष खाने कुराहरुका साथै नेपाली स्वादका अन्य स्वादिष्ट परिकारहरुको समेत व्यवस्था गरिने अध्यक्ष पुनले बताए। उनले न्यू इङ्गल्याण्ड क्षेत्रमा रहेका मगर समुदायलगायत सबै नेपाली समुदायलाई कार्यक्रममा सहभागी भइदिन अनुरोध गर्दै निम्तो गरेका छन्।

आयोजकले उक्त कार्यक्रममा सहभागिताका लागि सहयोग स्वरुप ५० डलर रहेको टिकटको व्यवस्था गरी विक्री सुरु गरिसकेको छ। १० वर्ष उमेर मुनीका बालबालिकाहरुलाई भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नेपाली पात्रो अनुसार हरेक महिनाको पहिलो दिनलाई सङ्क्राति र अन्तिम दिनलाई मसान्त भनिन्छ। जस अनुसार माघ महिनाको पहिलो दिन अर्थात माघ १ गतेलाई माघ (माघे) सङ्क्रान्ति भनिन्छ। यसलाई मकर वा तिलुवा (तिल विशेष) सङ्क्रान्ति, माघी आदि पनि भन्ने गरिन्छ।

यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार आउदो जनवरी १५ तारिख बिहीवारका दिन परेको छ। यो दिन मगर जातीको राष्ट्रिय पर्व हो। यस दिन मगर जातिमा धनुष काँडले तादो चडाउने प्रचलन छ। धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिने यस दिनमा आस्थाका आधारमा घर/बासस्थानमै वा शक्तिपीठहरुमा पुगी भगवानहरुको दर्शन, पूजापाठ, ध्यान, जप, साधना, आराधना आदि गर्ने गरिन्छ। यस दिन विशेष गरी, घ्यू, चाकु, तिल, कन्दमूल, खिचडी आदि खानुका साथै शरीरमा तेल/घ्यू घसेर सूर्य वा आगोको तापमा शरीर सेक्ने पनि प्रचलन छ।

शेयर गर्नुहोस:

756
Shares