राजनीति-समाज

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्छ : सभापति थापा

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्छ : सभापति थापा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन् ।

पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले पोखरामा आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए।

Advertisement

सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताए।

सभामा दिवंगत नेता गुरुङले पार्टी र समाजमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए।