अमेरिका- अमेरिका मेजौरी राज्यको सेण्ट लुईसमा वेबस्टर युनिर्भसिटीमा अध्ययनरत नेपाली विद्यार्थी सुशान्त पन्तको मोटर दुर्धटनामा निधन भएको पुष्टि भएको छ । उक्त युनिर्भसिटीले सार्वजनिक गरेको जानकारी अनुसार जुलाई महिनामा उनको मोटर दुर्घटनामा मृत्यु भएको सेण्ट लुईस मेडिकल एक्जामिनरले जानकारी दिएको वेबस्टरले जानकारी दिएको छ ।
वेबस्टरका एशोसियट भाईस प्रेसिडेण्ट जोन वकले उक्त जानकारी दिएका हुन् । मृतक २६ वर्षिय सुशान्त मास्टर अर्फ आर्टस इन इनफर्मेशन टेक्नोलोजीका विद्यार्थी थिए । वेबस्तरले उनको निधन प्रति गहिरो दुख्ख पनि व्यक्त गरेको छ ।
त्यहां अध्ययनरत अरु विद्यार्थीका अनुसार सुशान्त पार्टीवाट अबेश फर्किदा दुर्घटनामा परेका थिए । उनले चलाएको गाडी निषेधित सडकमा प्रवेश गर्दा ठुलो दुर्धटना भएको थियो । दुर्धटना पछि गाडीमा आगो लागेकाले शव पहिचान गर्न कठिन भएको थियो ।














प्रतिक्रिया