मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   

बोस्टनमा ‘घुङ्ग्रिएको कपाल’ नाटक मञ्चनको तयारी

बोस्टनमा ‘घुङ्ग्रिएको कपाल’ नाटक मञ्चनको तयारी


अमेरिकाको बोस्टनमा ‘घुङ्ग्रिएको कपाल’ नाटक मञ्चनको तयारी गरिएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन), ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि) र मण्डेला थिएटर, नेपालसंगको सहकार्यमा अर्हत् थिएटर, बोस्टनले उक्त नाटक मञ्चन गर्न लागेको हो। नाटक यही आउदो जुलाई २७,२०२५ आइतबार अपरान्ह चार बजे 594 Washington Street, Braintree स्थित नेपाली सामुदायिक भवनमा मञ्चन गर्ने तयारी गरिएको छ।

नाटककार राजन मुकारुङद्वारा लिखित उक्त नाटकलाई दुई दशक अघि नाट्य क्षेत्रमा होमिएर लामो कार्य अनुभवहरु बुटुलिसकेका नाट्यकर्मी राजन खतिवडाले निर्देशन गरेका छन्। यस नाटकलाई प्रभावकारी बनाउन नाट्य क्षेत्रमा लामो अनुभव बटुलीसकेका मणिराम पोखरेलले कला निर्देशनको जिम्मेवारी सम्हालिरहेका छन्। नाटकमा नाट्यकर्मीहरु राजन खतिवडा, अरुणा कार्की, मणिराम पोखरेल, अश्मी पोखरेल, सोनाम शेर्पा र जेनिश कर्माचार्यले अभिनय गर्दैछन्।

नाट्यकर्मी पोखरेलले ‘घुङ्ग्रिएको कपाल’ नाटक मञ्चनको आवश्यक तयारी भैरहेको जानकारी दिए। जस अन्तर्गत नियमित अभ्यास भइरहेको र सकारात्मक सन्देश बोकेको यस नाटकले दर्शकहरुको मन जित्नेमा आयोजक ढुक्क रहेको उनले बताए। मञ्चन गरिने उक्त नाटक हेर्नका लागि कुनै शुल्क नलाग्ने जानकारी दिदै पोखरेलले नाटक हेर्न आउनका लागि नेपाली समुदायका सबैलाई अनुरोध समेत गरेका छन्।

यस अघि बोस्टनमा २५६९औं बुद्ध जयन्तीको अवसर पारेर गौतम बुद्धको जीवन, ज्ञान र दर्शनलाई केन्द्रमा राखी तयार गरिएको नाटक ‘जीवनदेखि जीवनसम्म’ मञ्चन गरिएको थियो। यस नाटकले दर्शकहरुको मन जित्न सफल भएको थियो।

शेयर गर्नुहोस:

1.2k
Shares