मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मैले मानवअधिकारको उल्लंघन गरेको छैन : अध्यक्ष ओली

मैले मानवअधिकारको उल्लंघन गरेको छैन : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको दाबी गरेका छन् ।  
 
मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले ५७ वर्षदेखि राजनीतिमा निरन्तर लागिरहेको तर त्यसअवधिमा कुनै पनि प्रकारको मानवअधिकारको उल्लङ्घन नगरेको बताएका हुन् । 
 
“मैले गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय सम्हालेको छु, प्रधानमन्त्री भएर सबै जिम्मेवारी पनि सम्हालेको छु”, पूर्वप्रधानमन्त्री ओलीले भने, “५७ वर्षदेखि मेरो राजनीतिक लडाइँ मानवअधिकारका लागि हो, मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन, मानवअधिकारको उल्लङ्घन गर्ने छैन । ”
 
उनले अहिलेसम्मका राजनीतिक आन्दोलनको उद्देश्य मानवअधिकारको संरक्षण गर्ने नै भएको र राजनीति विकृत नभएर सही बाटोमा हिँड्यो भने मानवअधिकार संरक्षण त्यही हुने धारणा राखे । 
 
“सरकारले मानवअधिकारको रक्षा गर्ने प्रतिबद्धता जनायो भने धेरै हदसम्म मानवअधिकारको संरक्षण हुन्छ”, अध्यक्ष ओलीले भने, “बाँच्न पाउने अधिकार, खाद्य अधिकारबाट वञ्चित छन्, हरेक व्यक्तिलाई मानवअधिकारप्रति सचेत गराउनुपर्ने जर छ, प्रजातान्त्रिक प्रणालीको उद्देश्य नै हिंसारहित हुनुपर्छ । ”
 
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्पलाई अघि बढाउन सकियो भने मानवअधिकारको संरक्षण हुने उल्लेख गर्दै उनले मानवअधिकारको अभियानलाई व्यापकता सचेतना गरेर मानवअधिकार उल्लङ्घन हुन नदिन खबरदारी समेत गर्न जरुरी भएको बताए ।
 
“पीडितले न्याय पाउनुपर्छ, पीडकलाई कानुनी कारबाही हुनुपर्छ”, अध्यक्ष ओलीले भने, “राजनीति मानवजातिको भलाइ, मानवको बृहत्तर हितका लागि गर्ने हो, मावनजातिको खुसी र मानवको सुरक्षा गर्न मैले राजनीति गरेको हुँ, मेरो लडाइँ नै मानवअधिकारका लागि हो । ”
 
अध्यक्ष ओलीले राज्यले संविधान, कानुन बनाएर मुलुकलाई यथास्थितिमा राख्न खोजे पनि मानिस सामाजिक प्राणी भएकाले एकले अर्काका अधिकारको सम्मान गर्नुपर्ने बताए । rasas