अर्भिङ्ग (टेक्सस) । गैरआवासीय नेपाली संघ (एनआरएनए) टेक्सस र नेपाली समाज टेक्ससको संयोजन तथा पार्कल्याण्ड हस्पिटल टेक्ससको आयोजना शनिबार अर्भिङ्गमा भएको निःशुल्क स्वास्थ शिविरबाट तीन सय जनाले सेवा प्राप्त गरेका छन् ।
शिविरमा १४० जनालाई कोभिड भ्याक्सिन, १२० जनालाई फ्लु भ्याक्सिन दिइएको थियो । त्यस्तै ४० जना महिलालाई मेमोग्राम सेवाका लागि सिफारिस गरिएको छ । मेमोग्राम सेवाका लागि भने ड्यालस काउन्टीमै बसोवास गर्ने व्यक्ति हुनुपर्ने प्रावधानका कारण कम सेवाग्राही भएका हुन् ।
बिहान ९ बजेदेखि सुरु भएर १ बजे समापन भएको शिविरमा पार्कल्याण्ड हस्पिटलका ३५ जना स्वास्थकर्मी र स्थानीय २५ जना स्वयमसेवकले सेवा प्रदान गरेको एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले जानकारी दिए ।
शिविरमा ५ वर्षभन्दामाथि उमेरका बालबालिकाहरुलाई समेत कोभिड भ्याक्सिन दिइएको थियो । त्यस्तै ६ महिनाभन्दा माथि उमेर भएकाहरुलाई फ्लुसट पनि दिइएको थियो ।
प्रतिक्रिया