मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानमा कोरोना संक्रमित बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

पाकिस्तानमा कोरोना संक्रमित बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी


इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घन्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसिओसी) द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ । 
 
मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलोपटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्टअनुसार पाकिस्तानमा विगत २४ घन्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो । 
 
पाकिस्तानमा अहिल्सम्म कूल  नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।
 
अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।
 
यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह  गरेका छन् । पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरूतिर कोरोना भाइरसको चौँथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई उद्धृत गरी आफ्नो समाचारमा लेखेको छ । एएनआई
 

शेयर गर्नुहोस:

81
Shares