मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने

चीनले बच्चा जन्माउने सीमालाई सन् २०२५ सम्ममा अन्त्य गर्ने


बेइजिङ । चीनले जनसंख्या वृद्धि सुस्त भएको पाएपछि सन् २०२५ सम्ममा बच्चाको जन्ममा आफ्नो सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको ‘द वाल स्ट्रीट जर्नल’मा उल्लेख छ । रिपोर्टअनुसार सरकारले चीनको चालु पञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने प्रतिबन्धहरूलाई पूर्णतया हटाउन सक्छ । 
 
चीनको राष्ट्रिय तथ्याङ्क विभागले मेमा सार्वजनिक तथ्याङ्कमा देशको जन्म दर सन् २०१६ देखि सन् २०२० सम्म लगातार चार बर्षसम्म घटेको देखिएको थियो । सन् १९५० पछि विश्वव्यापी रूपमा नै सिनच्याङ प्रान्तमा सबैभन्दा बढी जन्मदर घटेको देखाइएको छ । चिनियाँ स्रोतलाई उद्धृत गर्दै ‘द वाल जर्नल’ भनिएको छ, “चीनले जन्मदर कम भएका क्षेत्रहरूमा छिट्टै प्रतिबन्धलाई सहज बनाउन थाल्नेछ र क्रमशः अन्य प्रान्तहरूमा पनि यो योजना अघि बढाउनेछ ।”
 
चीनले जनसङ्ख्या नियन्त्रणका लागि महिलाहरूलाई बन्ध्याकरणका लागि प्रोत्साहन गरेपछि पाको उमेरको जनस ङ्ख्या अधिक भएको छ । जनसङ्ख्या नियन्त्रणको लागि तय गरिएको नियम तोड्नेलाई जेल सजाय दिने नीतिहरूको कारण जन्मदरमा निकै कमी आएको जर्नलमा उल्लेख छ ।
 
गत वर्ष परिवर्तनको बावजुद, चीनले खाद्य सङ्कटको चरम विन्दुको तुलनामा देशको हालको आर्थिक वृद्धिपछि पनि प्रति वर्षको नवजात शिशुहरूको जन्म दरमाकमी देखिएपछि नयाँ नीति ल्याई जन्मदरलाई बढाउन लागेको बताइएको छ । चीनमा अहिले पनि प्रति व्यक्ति आय अझै पनि छिमेकी दक्षिण कोरियाभन्दा आधा कम रहेको अमेरिकी पत्रिका वाशिङ्गटन पोस्टले हालै उल्लेख गरेको छ । 
 
यसअघि सीएनएनमा प्रकाशित एक लेखमा केही विज्ञहरूलाई उद्धृत गरी बेइजिङ्ले बच्चा जन्माउने नियमलाई किन पूरै नहटाएको हो भन्ने सन्दर्भमा यसको कारण सिन्च्याङ हुन सक्ने बताइएको छ । बेन वेस्टकोटले सीएनएनमा लेलेका छन्, “चीनले विशेष गरी सिनच्याङस्थित जातीय अल्पसङ्ख्यक समुदायप्रति बेइजिङ्को मनोविज्ञानका कारण उनीहरूको अभिभावकत्व सीमित राखेको छ ।” 
 
यसबाहेक, चिनियाँ सरकारले परिवारमा तीन बच्चाको सीमा राख्नुको कारण सिन्च्याङको जन्मदरमा नियन्त्रण कायम राखेको कतिपय चिनियाँ प्रशासनका आलोचकहरूले भने पनि खासमा १९५० को दशकमा देखिएको उच्च जनसङ्ख्या वृद्धिका कारण आएको खाद्य सङ्कट र अनियन्त्रित जनसङ्ख्या वृद्धि रोक्नु नै ४० बर्ष पहिले अख्तियार गरेको एक बच्चा नीति चीनका लागि बरदान बनेको थियो । 
 
तर, पछिल्लो दशकहरूमा अन्य विकसित मुलुकमा जस्तै चिनियाँहरूले पनि बच्चा जन्माउन नचाहनु बुढ्यौली जनसङ्ख्या वृद्धिको प्रमुख कारण हो । कुनै समय अत्यधिक जनसङ्ख्याका कारण असहज बनेको चिनियाँ खाद्य सङ्कट र कमजोर अर्थतन्त्र एक बच्चा नीतिका कारण सफल भएको बताउने गरिन्छ ।
 
चीनको विकासको क्रममा नीतिले सफलतापूर्वक जन्मदरमा कडाई भएका कारण यसको नकारात्मक प्रभाव हालैका वर्षहरूमा युवा जनसङ्ख्यामा कमी देखिनुलाई मानिएको छ । अधिकारीहरूले देशको आर्थिक वृद्धिको शक्तिलाई थप सशक्त पार्न पर्याप्त युवा श्रमिकहरू हुनुपर्दछ तर चीनको अहिलेको अवस्थाले योभन्दा भिन्न स्थितिको सामना गर्नुपर्ने विज्ञहरूको सुझाव आएका कारण सरकारले बच्चा जन्माउने सीमालाई हटाउन लागेको भनाइहरूमा थप सत्यता देख्न सकिन्छ ।
 
यो जनसङ्ख्या समस्यालाई सम्बोधन गर्न चीनले सन् २०१६ देखि एक दम्पत्ती एक बच्चा नीतिलाई खुकुलो पार्दै दुई बच्चा जन्माउन पाउने नीति अघि ल्याएको थियो । यसमा पनि थप संशोधन गर्दै यसै वर्षदेखि एक दम्पत्तीले तीन बच्चा जन्माउन सक्ने प्रावधान ल्याइएको छ । एएनआई
 

शेयर गर्नुहोस:

189
Shares