मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मिस इको इन्टरनेशनलमा प्रतिस्पर्धाका लागि इजिप्ट उडिन् अनुश्मा

मिस इको इन्टरनेशनलमा प्रतिस्पर्धाका लागि इजिप्ट उडिन् अनुश्मा


काठमाडौँ । ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’ की विजेता अनुश्मा रायमाझी इजिप्ट उडेकी छन् । अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा सहभागी हुन उनी आइतबार साँझ इजिप्ट उडेकी हुन् ।
 

६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा उनी नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी हुन् । मिस इकोका लागि अधिकारप्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उनलाई त्यसतर्फ पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए ।

 
२१ वर्षीया रायमाझीले ‘मिस इको इन्टरनेशनल’को ताज नेपाल भित्र्याउने उद्देश्यसहित आफू सहभागी हुन लागेको बताइन् । 
१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियोसहित त्यसतर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।
 
‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटिसिपी अर्गनाइजेशनले व्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरू गरेको प्रतियोगिताको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
 
कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन् 
 

Advertisement

शेयर गर्नुहोस:

108
Shares