मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो

अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो


क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ ।
 
शुक्रवारबाट व्यापकरूपमा फैलिन सुरु भएको डढेलो २४ घन्टन बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । “व्यापक रूपमा फैलिइरहेको डढेलोे अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,” क्यालिफोर्नियाको वारुण विभागले भनेको छ ।
 
डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन् ।
 
डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ । डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ । एजेन्सी

शेयर गर्नुहोस:

648
Shares