मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नाटो र रुसबीचको तनावका कारण जर्मन सरकारद्वारा सैनिक भर्ती बढाउने सहमति

नाटो र रुसबीचको तनावका कारण जर्मन सरकारद्वारा सैनिक भर्ती बढाउने सहमति


शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font
  • change font

बर्लिन । जर्मनीको मन्त्रिपरिषद्ले नाटो र रुसबीचको उच्च तनावलाई मध्यनजर गर्दै सशस्त्र बलका लागि भर्ना बढाउने र सैन्य तयारीलाई मजबुत बनाउने कदमलाई बुधबार अनुमोदन गरेको छ ।

चान्सलर फ्रेडरिक मर्जले रुसलाई ‘युरोपको स्वतन्त्रता, शान्ति र स्थिरताका लागि सबैभन्दा ठूलो खतरा’ को संज्ञा दिँदै जर्मनीसँग ‘नाटोको युरोपेली पक्षमा सबैभन्दा ठूलो परम्परागत सेना हुनुपर्ने’ मा जोड दिए ।

रक्षामन्त्री बोरिस पिस्टोरियसले बुन्डेसवेहरमा स्वयंसेवकहरूलाई आकर्षित गर्ने उद्देश्यले भर्ना अभियान सञ्चालन गरिएको तर आगामी वर्षहरूमा सङ्ख्या कम भएमा अनिवार्य सेवाको प्रावधान पनि प्रस्तावमा समावेश गरिएको बताएका छन् ।

प्रस्तावित कानुन अनुसार जनवरी १ देखि सबै जर्मन युवा पुरुष र महिलाहरूलाई उनीहरूको शारीरिक स्वास्थ्य, सीप र सेवामा रुचिको मूल्याङ्कन गर्न एक प्रश्नावली पठाइनेछ ।

प्रस्तावलाई अझै संसदले पारित गरिसकेको छैन । संसद्बाट प्रस्ताव पारित भएपछि मात्र यसले कानुनी स्वरूप प्राप्त गर्नेछ । भर्नाको प्रावधान पुरुषहरूको लागि अनिवार्य हुनेछ भने महिलाहरूको लागि स्वैच्छिक हुनेछ। सन् २०२७ को जुलाई १ देखि १८ वर्षीय जर्मन पुरुषले स्वेच्छिक सैन्य सेवा नरोजे पनि अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।

यसको लक्ष्य सैन्य तयारीबारे राष्ट्रव्यापी ‘वातावरणको रिपोर्ट’ तयार पार्नु हो । सन् २०११ मा स्थगित गरिएको भर्ती युद्धको स्थितिमा स्वतः पुनः लागू हुनेछ जसको अर्थ १८ देखि ६० वर्ष उमेरका पुरुषहरू प्रवेशका लागि योग्य हुनेछन् ।

बुन्डेसवेहरमा हाल लगभग एक हजार ८२० सैनिक र ४९ हजार तालिम प्राप्त जगेडा बल रहने छन्। पिस्टोरियसले नेटोको लक्ष्यअनुसार कम्तीमा दुई लाख ६० हजार नियमित सैनिक र दुई लाख जगेडा सैनिकहरूलाई पठाउने लक्ष्य राखेको छ।

भर्तीका लागि कम्तीमा दुई हजार ३०० युरो देखि दुई हजार ६६० युरोसम्म प्रतिमहिना तलब, निः शुल्क स्वास्थ्य सेवा र अन्य सुविधाहरू समावेश गरिएको विज्ञापन आह्वान गरिने सामाजिक सञ्जालमा उल्लेख गरिएको छ । एएफपी

शेयर गर्नुहोस:

324
Shares