मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

गौरा पर्व टेक्ससमा सुदूरपश्चिमको सांस्कृतिक उत्सव गौरा पर्व मनाइने

गौरा पर्व टेक्ससमा सुदूरपश्चिमको सांस्कृतिक उत्सव गौरा पर्व मनाइने


युलेस, टेक्सस — सुदूरपश्चिम नेपालको मौलिक संस्कृति र धार्मिक परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले आगामी अगस्ट ३१ तारिक (आइतबार) का दिन गौरा पर्व मनाउने तयारी भएको छ ।

युलेस स्थित श्री पशुपतिनाथ तथा बुद्ध विहारमा कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रममा नेपाल आइडल सिजन-२ का विजेता रबी ओड तथा देउडा गीतकी चर्चित गायीका रेखा जोशीको विशेष प्रस्तुति रहनेछ।

Advertisement
ADVERTISEMENT

गौरा पर्व विशेष गरी सुदूरपश्चिम नेपालमा मनाइने एक प्रमुख धार्मिक चाड हो, जसमा देवी गौरा (पार्वती) र भगवान शिवको विवाहको सम्झनामा श्रद्धा, भक्ति र पारिवारिक सुख-शान्तिको कामना गरिन्छ। महिलाहरू व्रत बस्ने, पवित्र धागो लगाउने, बिरुडा पंचमीको पूजा गर्ने परम्परा यस पर्वमा विशेष छ।

देउडा गीत, नृत्य र सुदूरपश्चिमको सांस्कृतिक झल्कोले भरिएको यो कार्यक्रमले टेक्सासमा नेपाली समुदायलाई एकत्रित गर्ने अपेक्षा गरिएको फार वेस्टर्न सोसाइटी टेक्ससकी महासचिव गुञ्जन भण्डारीले जानकारी दिइन् ।

उक्त दिन बिहान ८ बजेबाट साँझ ६ बजेसम्म कार्यक्रम हुनेछ । मुख्य प्रस्तुति गौरा खेलाउने परम्परागत विधि भने बिहान ११ बजे राखिएको छ ।

टेक्ससको राजधानी शहर अस्टिनमा भने ३० तारिक कार्यक्रम राखिएको छ।

शेयर गर्नुहोस:

459
Shares