मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप

भारतीय निर्वाचन आयोगमाथि विपक्षीको धाँधली आरोप


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

नयाँदिल्ली । लामो समयदेखि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको निष्पक्ष संरक्षक मानिँदै आएको भारतीय निर्वाचन आयोग अहिले आफ्नो विश्वसनीयता र स्वतन्त्रतामाथि अभूतपूर्व प्रश्न उठ्दै आलोचनाको घेरामा परेको छ ।

विपक्षी दलका नेता र आलोचकले हालै सम्पन्न आम निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको र यसले सम्पूर्ण परिणाम प्रभावित पारेको आरोप लगाएका छन् । तर, निर्वाचन आयोगले भने सबै आरोपलाई दृढतापूर्वक अस्वीकार गरेको छ ।

Advertisement
ADVERTISEMENT

नयाँदिल्लीको संसद्मा प्रमुख विपक्षी नेता तथा कांग्रेस पार्टीका राहुल गान्धीले यस अभियानको नेतृत्व गरिरहेका छन् ।

उनले अघिल्लो पटक इलेक्ट्रोनिक मतदान मेसिन त्रुटिपूर्ण भएको आरोप लगाएका थिए । अहिले भने उनले निर्वाचन आयोगले डिजिटल मतदाता रेकर्ड सार्वजनिक गर्न अस्वीकार गरेको बताउँदै आफ्ना समर्थकले हप्तौँसम्म हातैले दर्ता सूचीहरू जाँच्दा भेटिएका त्रुटिहरू देखाएका छन् ।

आरोपहरू के के छन् ?

पचपन्न वर्षीय गान्धीले सन् २०२४ को संसदीय चुनावमा मत हेरफेरका कारण आफ्नो पार्टीले दर्जनौँ सिट गुमाएको दाबी गरेका छन् । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतभरि छ हप्तासम्म चलेको यो चुनावलाई मानव इतिहासकै सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास मानिन्छ ।

गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) लाई समर्थन गर्न आयोगले मतदाता सूचीमा हेरफेर गरेको बताए । चौरहत्तर वर्षीय मोदीले गत वर्ष ऐतिहासिक तेस्रो कार्यकाल जिते पनि स्पष्ट बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

गान्धीका अनुसार धाँधलीका रणनीतिहरूमा एउटै व्यक्तिको नामबाट धेरै पटक मतदान गर्नु, नक्कली ठेगाना प्रयोग गरेर मतदाता थप्नु जस्ता काम समावेश थिए ।

अगस्ट ७ मा उनले पत्रकार सम्मेलनमार्फत आफ्नो पार्टी सानो मतान्तरले हारेको निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी ‘नक्कली’ मत खसेको उदाहरण प्रस्तुत गरे । यस क्षेत्रमा कांग्रेस ३० हजारभन्दा बढी मतले पराजित भएको थियो । एएफपी

शेयर गर्नुहोस:

162
Shares