मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

बिडीए टेक्ससको तेस्रो राज्य सम्मेलन सेप्टेम्बर ६ मा हुँदै

बिडीए टेक्ससको तेस्रो राज्य सम्मेलन सेप्टेम्बर ६ मा हुँदै


ड्यालस, टेक्सस — ब्लड डोनर्स अफ अमेरिका (बिडीए) टेक्सस च्याप्टरको तेस्रो राज्य सम्मेलन सेप्टेम्बर ६ तारिक शनिबार साँझ रमाइलो इभेन्ट सेन्टर फोर्टवर्थमा हुने भएको छ ।

कार्यक्रममा रक्तदाता, स्वयंसेवक, आजीवन सदस्य, संस्थागत साझेदार तथा समुदायका अगुवाहरूको सहभागिता रहनेछ। बीडीएले रक्तदानमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान, पद हस्तान्तरण, तथा नयाँ नेतृत्व चयनको कार्यक्रम समेत समावेश गर्ने जनाएको छ।

Advertisement
ADVERTISEMENT

हालै बीडीएले भिजनरी लिडरशीप अवार्ड समेत प्राप्त गरेको छ । जुन सम्मान नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सले अगस्ट ९ मा प्रदान गरेको थियो। टेक्सस च्याप्टरका अध्यक्ष अजय बगालेले यो उपलब्धि स्वयंसेवक र साझेदारहरूको योगदानको परिणाम भएको बताएका छन्।

त्यस्तै संस्थाले नेपाली समाज टेक्ससबाट प्राप्त वार्षिक एकहजार डलर सहयोग तथा म्याचिङ्ग फण्ड प्रतिबद्धतालाई उच्च सम्मानका साथ स्वीकार गरेको छ।

बीडीएले सम्मेलनलाई पुनःसंयोजन र भविष्यको योजना निर्माणको अवसरका रूपमा लिएको छ। सहभागी हुन इच्छुकले क्यूअर कोड स्क्यान गर्न वा [email protected] मा सम्पर्क गर्न सक्नेछन्।

रमाइलो इभेन्ट सेन्टर ट्रयारेन्ट काउन्टी अन्तरगत पर्ने नर्थ-रिचल्याण्ड हिल सिटीमा रहेको छ ।

 

शेयर गर्नुहोस:

1.1k
Shares