ट्युनिसियामाथि बेल्जियमको गोल वर्षा, ५–२ गोलअन्तरले विजयी

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले ट्युनिसियामाथि शानदार जित हात पारेको छ । बेल्जियमले ट्युनिसियालाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।   बेल्जियमको जितमा  कप्तान इडन हजार्ड र रोमेलु लुकाकुले समान २–२ गोल गरे भने मिची बाट्शुययीले १ गोल गरे । त्यस्तै, ट्युनिसियाका लागि डिलन ब्रोनले एक गोल फर्काएका थिए…