मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

धादिङमा खुल्ला हिलेदौड प्रतियोगिता : सोनी र विशाल प्रथम

धादिङमा खुल्ला हिलेदौड प्रतियोगिता : सोनी र विशाल प्रथम


धादिङ । राष्ट्रिय धान दिवसको अवसर पारेर धादिङमा खुल्ला हिलेदौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ बिर्ताबेँसीमा हिलेदौड प्रतियोगिताको आयोजना  गरेको होे ।
 
आधुनिक विकासले नेपाली लोकसंस्कृति र चालचलन ओझेलमा पर्दै गएकोले नयाँ पुस्तालाई परम्परागत संस्कृति र पौराणिक मह¤वका बारेमा जानकारी दिने उद्देश्यले पहिलोपटक जिल्लामा खुल्ला हिलेदौड प्रतियोगिता आयोजना गरिएको संघका संरक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । 
 
प्रतियोगितामा पुरूष र महिला गरी १०८ जना  खेलाडीले भाग लिएका थिए । दौडमा महिलातर्फ सिद्धलेक गाउँपालिकाकी सोनी गुरूङ प्रथम, धुनीबेसी नगरपालिकाकी रसिला तामाङ द्वितीय र ललितपुर पाटनकी निर्जला ताम्राकार तृतीय भएकी छन् । 
 
यसैगरी पुरूषतर्फ संखुवासभाका विशाल राई प्रथम, कैलालीका किरण मल्ल द्वितीय र नेपालगञ्जका खिनबहादुर खत्री तृतीय भएका छन् । उनीहरुले ३५० मिटर हिले दूरी दौडिएर पार गरेका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
प्रतियोगिता सुरू हुनुअघि धादिङबेसी बिचबजारबाट पञ्चैबाजा र नाचगानसहित ¥याली निकालिएको थियो । बीच बजारचोकबाट सुरू भएको ¥याली सुगमटोल, शान्तबजार, एमालेचोक, पुछारबजार, पुल्चोक, साँघुटार हुँदै विर्ताबेँसी पुगेर सभामा परिणत भएको थियो । 
 
जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता उद्घाटन समारोहमा जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो । प्रतियोगिता हेर्न एक हजारभन्दा बढी दर्शक विर्ताबेँसीमा उपस्थित भएका थिए ।