कोलोराडो, अमेरिका । कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद, संस्कृति, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना हुन लागेको ‘दसैँ–तिहार कप २०२६’ लेदर बल क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह सेप्टेम्बर २६, शनिबार बिहान ८ः०० बजे हुने भएको छ । हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसनल (HHHE) को प्रस्तुतिमा हुने प्रतियोगिता थर्नटन स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुनेछ । आयोजकले…