घोराही । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा विजयी भएका हुन् । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी भएका हुन् । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको परिसरमा भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार…