मेरिल्याण्ड (अमेरिका) । अमेरिकी तल्लो सदन हाउसको लागि मेरिल्याण्डबाट उम्मेदवारी दिएका ह्यारी भण्डारीको चुनावी प्रचार अभियान तीब्र भएको छ । मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट-२ बाट उम्मेदवारी दिएका भण्डारीको चुनावी अभियानका लागि न्युयोर्कका कानुन व्यबसायी बासु फुलाराको संयोजकत्वमा समिति गठन भएको छ । चुनावी अभियानका लागि आर्थिक, स्वयम्सेवक परिचालन लगायतका क्षेत्रमा यो समितिले काम गर्नेछ । भण्डारीका…