मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
मुख्य समाचार   
राजनीति-समाज   

भण्डारीको चुनावी अभियानमा फुलारा संयोजक

भण्डारीको चुनावी अभियानमा फुलारा संयोजक


मेरिल्याण्ड (अमेरिका) । अमेरिकी तल्लो सदन हाउसको लागि मेरिल्याण्डबाट उम्मेदवारी दिएका ह्यारी भण्डारीको चुनावी प्रचार अभियान तीब्र भएको छ ।

मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट-२ बाट उम्मेदवारी दिएका भण्डारीको चुनावी अभियानका लागि न्युयोर्कका कानुन व्यबसायी बासु फुलाराको संयोजकत्वमा समिति गठन भएको छ । चुनावी अभियानका लागि आर्थिक, स्वयम्सेवक परिचालन लगायतका क्षेत्रमा यो समितिले काम गर्नेछ ।

भण्डारीका क्याम्पेन मेनेजर म्याट केस्लरका अनुसार शुक्रबारको भेलामा सहभागीहरुले चुनावी अभियानलाई हर तरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जाहेर गरेका थिए । हाल मेरिल्याण्डको सदनका सदस्य रहेका भण्डारीले अमेरिकी संघीय संसदमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएका छन् ।

उनले जितेमा नेपालीमुलका पहिलो संघीय सांसद हुनेछन् । नेपाली समुदायले आफ्नो आवाज भण्डारी मार्फत अमेरिकी सरकारसम्म पुर्याउन सहयोग पुग्ने हुँदा भण्डारीलाई जिताएर इतिहास बनाउन सकृयता देखाएका छन् ।

चुनावका लागि आर्थिक स्रोत जुटाउन अमेरिकाका सबै राज्यहरुका नेपाली समुदायबीच प्रचार अभियान अघि बढाउने समेत निर्णय भएको छ । यसको लागि स्वयमसेवकहरु परिचालन गर्ने संयोजक फुलाराले उल्लेख गरे ।

भण्डारीको चुनावी टीममा केभिन म्याकोओन, मारा कुनिन, जोशुआ एस्टेवान उर्लिबारी, हाना हलले सामुहिक कार्ययोजनाका साथ अघि बढ्ने उल्लेख गरेका छन् ।