मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एक बेपत्ता

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एक बेपत्ता

एकै परिवारका पाँचजना परेपछि पौवाखेत शोकमा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ः१५ बजे त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सी चालक गोरखा नगरपालिका वडा नं–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो । दुर्घटनामा १८ वर्षीय दिवस रोकाय बेपत्ता भएका छन् ।

पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा पनि नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए । खोजी गर्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा ट्याक्सी खसेको भेटिएको उनले बताए ।

ट्याक्सी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भैसकेको र बेपत्ता हुनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पौवाखेत शोकमा

गोरखा जिल्लाको गोरखा नगरपालिका–७, पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा शुक्रबार राति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुगेका थिए ।

अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीनवटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थियो । घर फर्कंदै गरेका तीन गाडीमध्ये दुई गाडी मुग्लिन पुगेर रोकियो । मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी आइपुगेन ।

निक्कैबेर प्रतिक्षापछि पनि गाडी नआएपछि अनेक शङ्काउपशङ्का बढ्दै गयो । मुग्लिन पुगेका आफ्न्तले प्रहरीलाई जानकारी गराए । तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात प¥यो ।

घटनालगत्तै आफन्त र परिवार घटनास्थलमा पुगे । प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो । घटनामा परेका एक जना अझै बेपत्ता छन् । क्यान्सरबाट निधन भएका छोराको गाउँमै काजकिरिया गर्न भनेर ट्याक्सीमा घर फर्कंदै गरेकी आमा जुनकिरी दुई छोरी, एक नाति र ज्वाइँसँगै अब कहिल्यै गाउँ फर्किने छैनन् ।

जुनकिरीसहित दुर्घटनामा ज्यान गुमाएकामा उनकी जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा) भएको वडाध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका क्यान्सर रोगबाट निधन भएका शङ्करका छोरा हुन् ।

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ । अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरुसमेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।