मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेको दिन सरकारबाट आफैँ बाहिरिने बताएका छन् ।

गृहमन्त्री लामिछानेले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आमनागरिकमा छ । तर, हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”

उनले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरू भइसकेको दाबी गरे । उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए ।

“हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरूआती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भने, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

उनले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदासमेत संसदबाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद् थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे ।