काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताएका छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए। सरकारका प्रवक्ता समेत…