विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसद्हरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसदहरूले हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक…