मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

केदार कार्कीको राजनीतिक यात्रा : नेविसंघ इकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसद्हरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसदहरूले हस्ताक्षर गरेका थिए ।

कोशी प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उपसभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

सभामुख पद रिक्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन्। मुख्यमन्त्री दावी गर्दा आठ जनाले मात्रै हस्ताक्षर गरे पनि कार्कीको पक्षमा थप काङ्ग्रेसका प्रदेश सभा सदस्यहरु खुलेका छन् । कांग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

नेविसंघ इकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् ।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे ।

विसं २०५२ सालमा नेविसंघको क्याम्पस इकाइ सभापति भएका उनी त्यसपछि नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रुपमा उनले मन्त्रालयलाई बेरुजुमुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा रहेका छन् ।