मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

केदार कार्कीको राजनीतिक यात्रा : नेविसंघ इकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसद्हरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसदहरूले हस्ताक्षर गरेका थिए ।

Advertisement

कोशी प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उपसभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो ।

सभामुख पद रिक्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन्। मुख्यमन्त्री दावी गर्दा आठ जनाले मात्रै हस्ताक्षर गरे पनि कार्कीको पक्षमा थप काङ्ग्रेसका प्रदेश सभा सदस्यहरु खुलेका छन् । कांग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

नेविसंघ इकाइ सभापतिदेखि मुख्यमन्त्रीसम्म

कोशी प्रदेशको छैठौँ मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मिएका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन् ।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी संघको इकाइ सभापति भएका थिए । उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे ।

विसं २०५२ सालमा नेविसंघको क्याम्पस इकाइ सभापति भएका उनी त्यसपछि नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे । उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भए । उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए ।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले । मन्त्रीका रुपमा उनले मन्त्रालयलाई बेरुजुमुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए । स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा रहेका छन् ।

शेयर गर्नुहोस:

108
Shares