मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

लोकतन्त्रलाई कमजोर पार्न कांग्रेसमाथि हमला : मुख्यमन्त्री पाण्डे

लोकतन्त्रलाई कमजोर पार्न कांग्रेसमाथि हमला : मुख्यमन्त्री पाण्डे

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न पछिल्लो समय नेपाली कांग्रेसमाथि हमला भइरहेको बताएका छन् ।

कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनलाई आज गोरखा सदरमुकाममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डेले कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर पार्न सकिन्छ भनेर कांग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताए ।

“अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउन सबैभन्दा पुरानो राजनीतिक दल भएका हिसाबले कांग्रेसमाथि हमला गर्नुपर्छ भनेर हामीलाई यदाकदा कमजोर पार्ने खेल भइरहेको छ”, उनले भने, “कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको छ ।”

मुख्यमन्त्री पाण्डेले संविधान, समावेशिता, समानुपातिक पद्धति, धर्म निरपेक्षतालगायत धेरै विषय कोही कसैलाई मन नपरेको भन्दै तिनै शक्तिबाट देशमा प्राप्त उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताए ।

“प्राप्त उपलब्धि उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्व अहिले सल्बलाएका छन्”, मुख्यमन्त्री पाण्डेले भने, “ठूलो राजनीतिक त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्छ ।”

उनले निर्वाचन, महाधिवेशनलगायतका क्रममा टिकट बाँडफाँटका विषयलाई लिएर सङ्गठन कमजोर पार्ने काम पार्टीभित्रबाट कसैले गर्न नहुनेमा समेत जोड दिए ।

“अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर सङ्गठन कमजोर बनाउने होइन”, मुख्यमन्त्री पाण्डेले भने, “सङ्गठन सुदृढ बनाएर आगामी निर्वाचनमा कसरी जित्ने रु त्योअनुसार अघि बढ्ने हो ।”